Logo

२०८३, कार्तिक २९गते


images
images

लायन्स देवदहको पद हस्तान्तरण, अध्यक्षको जिम्मेवारी सिर्जना ओलीलाई

लायन्स देवदहको पद हस्तान्तरण, अध्यक्षको जिम्मेवारी सिर्जना ओलीलाई

images
  • लायन्स देवदहको पद हस्तान्तरण, अध्यक्षको जिम्मेवारी सिर्जना ओलीलाई
    images

    देवदह । लायन्स क्लब अफ देवदहको दशौं पद हस्तान्तरण तथा सम्मान समारोह सम्पन्न भएको छ । बिहीबार खैरेनीस्थित पाठक फुडल्याण्डको सभाहलमा आयोजित एक औपचारिक समारोहमार्फत लायन्स वर्ष २०२४/२५ का अध्यक्ष लायन कृष्ण राज पौडेलले नयाँ कार्यकाल २०२५/२६ का लागि अध्यक्ष सृजना ओली सापकोटालाई पद हस्तान्तरण गरेका हुन् ।

    images
    images
    images

    सचिव, कोषाध्यक्ष लगायत अन्य पदाधिकारीहरूको पनि पद हस्तान्तरण गरिएको छ ।

    images
    images
    images

    समारोह दुई चरणमा सम्पन्न भएको थियो । पहिलो सत्रको सञ्चालन सचिव पवन पौडेलले तथा दोस्रो सत्रको सञ्चालन दिपेश अर्यालले गरेका थिए ।

    images
    images

    कार्यक्रममा लायन्स क्लब इन्टरनेशनल डिस्ट्रीक्ट ३२५ पी नेपालका प्रथम भाइस डिस्ट्रीक्ट गर्भनर तथा इलेक्ट गर्भनर पी एम जे एफ बलराम भट्टराई प्रमुख अतिथिका रूपमा सहभागी थिए । उनले क्लबको सामाजिक सेवाप्रतिको निरन्तरताको प्रशंसा गर्दै व्यक्तित्व निर्माणमा समाजसेवाको भूमिकालाई विशेष महत्व दिए । लायन्स क्लब देवदहले गरेका रचनात्मक कार्यक्रमले समुदायमा सकारात्मक प्रभाव पारेको उल्लेख गर्दै उनले आगामी कार्यक्रमहरूमा आफू र डिस्ट्रीक्टको तर्फबाट आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाए ।

    सो अवसरमा क्लबका संस्थापक अध्यक्ष लायन विष्णु पौडेल, पूर्वअध्यक्षहरू ऋषिराम सापकोटा, गुमानसिंह कुँवर, रामबहादुर गुरुङ, रिजन चेयरपर्सन विनोद थापा मगर, जोन चेयरपर्सन बिमल भुषाल, पूर्वअध्यक्ष विष्णु ज्ञवाली, मनबहादुर जिसीलगायत लायन्स क्लब र विभिन्न संघसंस्थाका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।

    कार्यक्रममा अध्यक्ष पौडेलले समापन प्रतिवेदन प्रस्तुत गर्दै वर्षभर क्लबले सम्पन्न गरेका उल्लेखनीय कार्यहरूबारे जानकारी दिए । रक्तदान कार्यक्रममा १३५ पिन्ट रगत संकलन, मधुमेह परीक्षण कार्यक्रम, १८ जना आजीवन सदस्यता प्राप्त व्यक्तिको समावेशीकरण, ७ जना नयाँ सदस्य थप र क्लबको जिल्ला प्रशासन कार्यालयमा आधिकारिक दर्ताजस्ता कार्यहरू समावेश थिए ।

    नयाँ सदस्यहरू चन्द्रकान्त पराजुली, बिरेन्द्र पाल, कृष्ण बहादुर थापा, शंकर पाण्डे, राजिव सापकोटा, दिपक विश्वकर्मा, दुर्गा ढुंगानालाई औपचारिक रूपमा स्वागत गरिएको थियो ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।