Logo

२०८३, आश्विन १०गते


images
images

एसइई नतिजा

एसइईमा ६१.८१ प्रतिशत विद्यार्थी उत्तीर्ण

एसइईमा ६१.८१ प्रतिशत विद्यार्थी उत्तीर्ण

images
  • एसइईमा ६१.८१ प्रतिशत विद्यार्थी उत्तीर्ण
    images
    images

    काठमाडौँ । २०८१ सालको माध्यमिक शिक्षा परीक्षा (एसइई)मा ६१.८१ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् ।

    images
    images
    images

    शुक्रबार काठमाडौँमा आयोजित पत्रकार सम्मेलनमार्फत राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष डा. महाश्रम शर्माले परीक्षाफल सार्वजनिक गर्दै सो जानकारी दिएका हुन् ।

    images
    images
    images

    २०८१ सालको चैत ७ देखि १९ गतेसम्म सञ्चालन भएको परीक्षामा नियमिततर्फ ४ लाख ३१ हजार ४६६ र ग्रेड वृद्धितर्फ ६७ हजार ७१५ जना गरी कुल ४ लाख ९९ हजार १८३ विद्यार्थी सहभागी भएका थिए ।

    images
    images
    images

    बोर्डका अनुसार परीक्षाफल एसएमएस, आईभीआर र विभिन्न वेबसाइटमार्फत हेर्न सकिने व्यवस्था गरिएको छ । नेपाल टेलिकम, जानकी टेक्नोलोजी, आकाश टेक, स्विफ्ट टेक्नोलोजी, अल स्टार आईटी सोलुसन्समार्फत एसएमएस र आईभीआर सेवा प्रयोग गरेर नतिजा थाहा पाउन सकिनेछ ।

    साथै, राष्ट्रिय परीक्षा बोर्ड, नेपाल टेलिकम, इडियु सञ्जाल, इसेवा, खल्ती र स्मार्टकार्ड नेपाललगायतका वेबसाइटमार्फत पनि नतिजा हेर्न सकिनेछ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।