Logo

२०८३, आश्विन ९गते


images
images

एसइई नतिजा

४८ हजार १७७ जना विद्यार्थीले ल्याए ३.६ माथि जिपिए

४८ हजार १७७ जना विद्यार्थीले ल्याए ३.६ माथि जिपिए

images
  • ४८ हजार १७७ जना विद्यार्थीले ल्याए ३.६ माथि जिपिए
    images
    images

    काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले २०८१ सालको माध्यमिक शिक्षा परीक्षा (एसइई)को नतिजा सार्वजनिक गरेको छ। शुक्रबार बसेको बोर्ड बैठकले नतिजा सार्वजनिक गर्ने निर्णय गरेपछि परीक्षा नियन्त्रण कार्यालय, कक्षा १० मार्फत परीक्षाफल सार्वजनिक गरिएको हो।

    images
    images
    images

    बोर्डका अध्यक्ष डा. महाश्रम शर्माका अनुसार यस वर्ष ४८ हजार १७७ जना विद्यार्थीले ३.६ देखि ४.० सम्मको जिपिए प्राप्त गरेका छन्। ३.२ देखि ३.६ जिपिए प्राप्त गर्नेको संख्या ८१ हजार ३८५ रहेको छ भने २.८ देखि ३.२ जिपिए ल्याउने विद्यार्थी ८९ हजार १२४ जना रहेका छन्।

    images
    images
    images

    त्यस्तै २.४ देखि २.८ जिपिए ल्याउने ४८ हजार ४७९ जना, २ देखि २.४ जिपिए ल्याउने ४ हजार १२६ जना र १.६ देखि २ जिपिए ल्याउने ८ जना विद्यार्थीको पनि नतिजा सार्वजनिक गरिएको छ।

    images
    images
    images

    बोर्डले १२६ जना परीक्षार्थीको परीक्षा रद्ध गरेको जानकारी दिएको छ। यस्तै १ लाख ६७ हजार ५९७ जना परीक्षार्थीको नतिजा अबर्गीकृत रहेको छ।

    यसअघि बोर्डले सार्वजनिक गरेका विवरणअनुसार २०८१ चैत ७ देखि १९ गतेसम्म सञ्चालन भएको एसइईमा नियमिततर्फ ४ लाख ३१ हजार ४६६ र ग्रेड वृद्धितर्फ ६७ हजार ७१५ जना गरी कुल ४ लाख ९९ हजार १८३ जना परीक्षार्थी सहभागी भएका थिए।

    नतिजा एसएमएस, आईभीआर र विभिन्न वेबसाइटमार्फत हेर्न सकिने व्यवस्था गरिएको छ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।