बुटवल । अर्घाखाँचीमा बन्चरो प्रहार गरेर दाजुले भाइको हत्या गरेका छन् ।
शितगंगा नगरपालिकाका ४२ वर्षीय विष्णु भन्ने टेक बहादुर बादीले आफ्नै ३२ वर्षीय भाइ बोम बहादुर बादीको बन्चरो प्रहार गरेर हत्या गरेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी झलक प्रसाद शर्माले जानकारी दिएका छन् ।
भाईको हत्या गरेर फरार रहेका अभियुक्तलाई भाग्ने क्रममा इलाका प्रहरी कार्यालय ठाडाबाट खटिएको प्रहरीको टोलीले नियन्त्रणमा लिएको शर्माले जानकारी दिए ।
प्रहरीले जिल्ला अदालतबाट म्याद थप गरेर अनुसन्धान गरिरहेको जनाएको छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology