Logo

२०८३, कार्तिक २९गते


images
images

प्रधानमन्त्री ओली आज स्पेन जादै

प्रधानमन्त्री ओली आज स्पेन जादै

images
  • प्रधानमन्त्री ओली आज स्पेन जादै
    images

    काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली आज युरोपेली मुलुक स्पेनको औपचारिक भ्रमणमा जादैछन् ।

    images
    images
    images

    स्पेनको औपचारिक भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले असार १६ देखि १९ गतेसम्म आयोजना हुने ‘विकासका लागि वित्तसम्बन्धी चौथो अन्तर्राष्ट्रिय सम्मेलन’मा भाग लिने परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ । 

    images
    images
    images

    भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले स्पेनमा आफ्ना समकक्षी पेड्रो सान्चेजसँग द्विपक्षीय भेटवार्ता गर्नेछन् । त्यस अवसरमा सहयोग र सम्बन्ध विस्तारसम्बन्धी केही महत्त्वपूर्ण विषयमा नेपाल र स्पेनबीच सहमतिपत्रमा हस्ताक्षर हुनेछ ।

    images
    images

    प्रधानमन्त्रीले भ्रमणकै दौरान त्यहाँस्थित नेपाली समुदाय र स्पेनिस उद्योगी व्यवसायीसँग पनि अन्तर्क्रिया गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयलले जानकारी दिएको छ ।

    सम्मेलनका क्रममा प्रधानमन्त्री ओलीको अन्य महत्त्वपूर्ण द्विपक्षीय भेटघाट हुने छ ।

    प्रधानमन्त्री ओलीसँगै उनकी धर्मपत्नी राधिका शाक्य,  प्रमुख सल्लाहकार विष्णु रिमाल सहित अन्य उच्च अधिकारीहरु स्पेन जादै छन् ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।