Logo

२०८३, आश्विन १०गते


images
images

युद्धमा मारिएका ६० इरानी सैनिक अधिकारी र वैज्ञानिकहरूको अन्तिम संस्कार

युद्धमा मारिएका ६० इरानी सैनिक अधिकारी र वैज्ञानिकहरूको अन्तिम संस्कार

images
  • युद्धमा मारिएका ६० इरानी सैनिक अधिकारी र वैज्ञानिकहरूको अन्तिम संस्कार
    images
    images

    काठमाडौँ । इजरायलसँगको १२ दिने युद्धमा मारिएका ६० इरानी अधिकारीहरूको अन्तिम संस्कार शनिवार गरिएको छ ।  यसमा ३० सैन्य कमाण्डर र ११ आणविक वैज्ञानिकहरू सामेल छन् । उनीहरूको अन्त्येष्टिको लागि हजारौं मानिसहरू तेहरानमा भेला भएका थिए ।

    images
    images
    images

    इरानका सर्वोच्च सैन्य अधिकारी मोहम्मद बघेरीको पनि अन्तिम संस्कार गरिएको छ । उनी इरानको सशस्त्र सेनाका प्रमुख थिए । अधिकारीहरूको शवलाई सवारी साधनहरूमा इरानी झण्डाले बेरिएको कफिनमा राखिएको थियो । अधिकारीहरूको तस्बिर पनि कफिनसँगै राखिएको थियो ।

    images
    images
    images

    इरानका विदेशमन्त्री अब्बास अराक्ची, संसदका सभामुख मोहम्मद बाकर कालिबाफ, न्यायपालिका प्रमुख मोहसेनी-एजेई, आईआरजीसी कुड्स फोर्स कमाण्डर इस्माइल कानी र अन्य धेरै ठूला नेताहरू र सैन्य अधिकारीहरू पनि अन्त्येष्टिमा पुगेको इरानी मिडियाले उल्लेख गरेका छन् ।

    images
    images
    images

    इरान र इजरायलबीच जुन १२ मा युद्ध सुरु भएको थियो । अमेरिकाले जुन २२ मा इरानको आणविक अड्डाहरूमा आक्रमण गर्‍यो र त्यसको दुई दिन पछि, जुन २४ मा, इरान र इजरायलबीच युद्धविराम भएको थियो ।

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।