काठमाडौं । पछिल्लो २४ घण्टामा गरिएको इजरायली हवाई आक्रमणमा गाजामा ८० भन्दा बढिको मृत्यु भएको छ । हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयका अनुसार आक्रमणमा ४०० जना घाइते भएका छन् ।
गाजा सहरको एक रंगशाला नजिकै भएको यस्तै एक आक्रमणमा एक बच्चासहित ११ जनाको मृत्यु भएको अल शिफा अस्पतालका कर्मचारी र प्रत्यक्षदर्शीहरूले बताएका छन् । बीबीसीले प्रमाणित गरेको एउटा भिडियोमा मानिसहरूले हात र बेल्चाद्धारा बालुवा खनेर शव खोज्ने प्रयास गरिरहेको देखाइएको छ ।
यसैबिच, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अर्को हप्ता युद्धविराम सम्झौता हुन सक्ने आशय व्यक्त गरेका छन् । संयुक्त राज्य अमेरिकाको दबाबले युद्धविराम सम्झौता हुन सक्ने कतारी मध्यस्थकर्ताहरूले आशा व्यक्त गरेका छन्
यसअघि मार्च महिनामा इजरायलले गाजामा पुनः आक्रमण गरेपछि दुई महिनाको युद्धविराम विफल भएको थियो । १९ जनवरीदेखि सुरु भएको उक्त युद्धविराम सम्झौता तीन चरणमा लागू हुने भनिएपनि पहिलो चरण पार नहुँदै सम्झौता टुटेको थियो ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology