Logo

२०८३, आश्विन ९गते


images
images

प्रविधिमैत्री शिक्षा आजको आवश्यकता हो  : नगरप्रमुख खरेल

प्रविधिमैत्री शिक्षा आजको आवश्यकता हो  : नगरप्रमुख खरेल

images
  • प्रविधिमैत्री शिक्षा आजको आवश्यकता हो  : नगरप्रमुख खरेल
    images
    images

    देवदह । देवदह नगरपालिकाका नगरप्रमुख ध्रुवप्रसाद खरेलल प्रविधिमैत्री शिक्षा आजको आवश्यकता भएको बताएका छन् । प्रविधिको युगमा समाज अघि बढेको उल्लेख गर्दै उनले शिक्षकहरु प्रविधिमैत्री हुनुपर्नेमा जोड दिए ।

    images
    images
    images

    आइतवार सोइया महिला स्वावलसम्बि संस्थाको सहयोगात्मक तथा समालोचनात्मक बिधिमा आधारित ३ दिने शिक्षण सिकाइ तालिम समापनको अवसरमा बोल्दै नगरप्रमुख खरेलले यथास्थितीको शिक्षण सिकाइले अपेक्षित उपलब्धि हाहिल हुन नसक्ने बताए ।

    images
    images
    images

    उनले कक्षा ८ को परिक्षालाइ नगरले व्यवस्थित गरेसंगै यसबर्ष एसईईको नतिजामा परिवर्तन आएको उल्लेख गरे । शिक्षामा राज्यको ठुलो लगानी रहेको बताउँदै उक्त लगानी खेर जान नदिने महत्वपूर्ण दायित्व शिक्षकहरुसँग रहेको बताए । 

    images
    images
    images

    नगर प्रमुख खरेले शिक्षा सुधारको लागि देवदहले  विद्यालयका प्रअहरुसँग ४३ बुँदे सहमती गरेको बताउँदै देवदहमा शिक्षाको विकासको लागि आफ्नो पहलकदमी रहने जिकिर गरे । देवदहका विद्यालयहरूले यसपटकको एसईई परीक्षामा उत्कृष्ट नतिजा ल्याएकोमा उनले खुसी समेत व्यक्त गरे । 

    नगर प्रमुख खरेलले पछिल्लो क्रममा सोइयाले देवदहको शैक्षिक विकासमा उल्लेख्निय योगदान पुर्याएको भन्दै उक्त कार्यको प्रशंसा गरे । उनले भने, ‘यस संस्थाले देवदहलाई शैक्षिक हवका रूपमा विकास गर्न उल्लेखनीय भूमिका खेलेको मैले पाएको छु । यो तालिमका लागि संस्थाको खर्च भएको छ, त्यसैले यहाँ सिकेको सीपलाई शिक्षकहरुले व्यवहारमा उतार्नुहोला ।’ 

    कार्यक्रममा महामाया भवानी माविका पूर्व प्रअ दिनानाथ अर्याल, युगज्योती माविका प्रअ यमलाल अर्याल, सरस्वती माविका अध्यक्ष लालमन यादव, प्रगती माविका प्रधानाध्यापक पार्वती घर्ती, शिक्षक खेमानन्द ज्ञवाली, पुरुषोत्तम ज्ञवाली, पवित्रा चौधरी, कल्पना पोखरेल, लगाएतले बोल्दै तालिाममा सिकेका विषयलाई व्यवहारमा उतार्नुपर्ने र उतार्ने प्रतिवद्धता व्यक्त गरे ।

    असार १३ गतेबाट सुरु भएको तालिममा देवदहका ११ वटा विद्यालयका ४२ जना शिक्षकहरु सहभागी थिए । प्रशिक्षक डा. प्रकाश पौडेलले सहजिकरण गरेको तालिममा सहयोगात्मक शिक्षणका कार्यगत शैलीहरु, समुहमा कार्य गर्ने विधि लगाएत विषयमा प्रशिक्षण दिइएको थियो । 

    संस्थाका अध्यक्ष केशुमाया श्रेष्ठको अध्यक्षता र प्रकाश भुर्तेलको सञ्चालनमा सम्पन्न भएको संस्थाका प्रवन्धक मेनुका न्यौपानेले जानकारी दिईन् ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।