Logo

२०८३, आश्विन ९गते


images
images

सय करोड क्लबमा बलिउड फिल्म 'सितारे जमीन पर'

सय करोड क्लबमा बलिउड फिल्म 'सितारे जमीन पर'

images
  • सय करोड क्लबमा बलिउड फिल्म 'सितारे जमीन पर'
    images
    images

    काठमाडौँ । बलिउड फिल्म 'सितारे जमीन पर' ले भारतीय बक्स अफिसमा शानदार कमाई गरिरहेको छ ।  शनिबारको बक्स अफिस कलेक्सनपछि फिल्म 'सितारे जमीन पर' सय करोड क्लबमा प्रवेश गरेको छ । 

    images
    images
    images

    फिल्मले रिलिजको ९ दिनमा भारतीय बक्स अफिसमा १०७.६८ करोड कमाई गरेको छ । 

    images
    images
    images

    बलिवुड फिल्म विश्लेषक तरण आदर्शका अनुसार फिल्मले रिलिजको पहिलो दिन शुक्रबार १०.७० करोड, दोस्रो दिन शनिबार १९.९० करोड, तेस्रो दिन आइतबार २६.७० करोड, चौथो दिन सोमबार ८.५० करोड,  पाँचौं दिन मंगलबार ८.६ करोड, छैटौं दिन बुधबार ७.५१ करोड र सातौं दिन विहिबार ६.५५ करोड, आठौ दिन शुक्रबार ६.६७ करोड र नवौं दिन शनिबार १२.५५ करोड कमाई गरेको छ ।

    images
    images
    images

    'सीतारे जमीन पर' फिल्ममा आमिर खान एक प्रशिक्षकको भूमिकामा देखिएका छन्, जसले विशेष बालबालिकाहरूको बास्केटबल टोलीलाई तालिम दिन्छन् । यो फिल्मलाई आरएस प्रसन्नाले निर्देशन गरेका छन् । आमिरको यो फिल्म स्पेनी फिल्म 'च्याम्पियन (२०१८)' को रिमेक हो ।

    फिल्ममा आमिर खान, जेनेलिया देशमुख, डली अहलुवालिया, सिमरन मंगेशकर, आयुष भन्साली, आशिष पेन्डसे, गोपी कृष्णन वर्मा, वेदान्त शर्मा, ऋषभ जैन, आरुष दत्त, ऋषि साहनी, नमन मिश्रा, बृजेन्द्र काला र निखत खानलगायतका कलाकारको अभिनय रहेको छ । 

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।