Logo

२०८३, आश्विन १०गते


images
images

शानदार शुरुवात

नेपालको लाओसविरुद्ध गोलैगोल, ९-० ले विजयी

नेपालको लाओसविरुद्ध गोलैगोल, ९-० ले विजयी

images
  • नेपालको लाओसविरुद्ध गोलैगोल, ९-० ले विजयी
    images
    images

    काठमाडौँ । नेपालले एएफसी महिला एसियन कप छनोट प्रतियोगितामा शानदार शुरुवात गरेको छ । उज्बेकिस्तानको तासकेन्तस्थित बुनयोदकोर स्टेडियममा आइतबार सम्पन्न खेलमा नेपालले लाओसलाई ९-० गोल अन्तरले पराजित गरेको हो ।

    images
    images
    images

    यस खेलमा नेपालका लागि सावित्रा भण्डारी साम्बाले ५ गोल गरेकी छन् भने अनिता केसी, अनिता बस्नेत, रश्मी कुमारी घिसिङ र सरु लिम्बुले एक एक गोल गरेका थिए ।  

    images
    images
    images

    यो जितसँगै नेपाली महिला फुटबल टिमको आफ्नो १००औं अन्तर्राष्ट्रिय खेललाई स्मरणीय बनाएको छ । पहिलो पटक लाओससँग खेलेको नेपाली महिला फुटबल टिमको इतिहासमा यो चौथो फराकिलो जित हो । नेपालले यसअघि २०१० मा अफगानिस्तानसँग १३-० तथा पाकिस्तानसँग १२-० को जित हासिल गरेको थियो भने २०२४ मा माल्दिभ्ससँग ११-० को जित हासिल गरेको थियो ।      

    images
    images
    images

    फिफा वरियतामा नेपाल १००औं स्थानमा छ भने लाओस १०७औं स्थानमा छन् । त्यस्तै प्रशिक्षक प्याट्रिक डि वाइल्डले पनि नेपाली राष्ट्रिय महिला टिममा शानदार शुरुवात गरेका छन् ।

    समुह एचमा रहेको नेपालले अब जुलाई २ मा श्रीलंकासँग र जुलाई ५ मा उज्बेकिस्तानसँग खेल्ने तालिका रहेको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।