Logo

२०८३, कार्तिक २९गते


images
images

बाढीको जोखिम

मनसुनको प्रभाव बढ्दै, पहाडी र तराई क्षेत्रमा वर्षा र बाढीको जोखिम

मनसुनको प्रभाव बढ्दै, पहाडी र तराई क्षेत्रमा वर्षा र बाढीको जोखिम

images
  • मनसुनको प्रभाव बढ्दै, पहाडी र तराई क्षेत्रमा वर्षा र बाढीको जोखिम
    फाइल फोटो
    images

    काठमाडौँ । मौसम पूर्वानुमान महाशाखाले हाल देशभर मनसुनी वायुको प्रभाव सक्रिय रहेको जनाएको छ । महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा पश्चिम नेपालको केही नजिक सरदर स्थानभन्दा उत्तरतर्फ सरेको छ, जसको कारण देशभर आंशिकदेखि पूर्ण बदली रहेको छ ।

    images
    images
    images

    कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानहरूमा तथा अन्य प्रदेशका केही स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

    images
    images
    images

    यो प्रणालीको प्रभावले शनिबार साँझदेखि सोमबार बिहानसम्म कर्णाली प्रदेशका पहाडी भू-भाग, सुदूरपश्चिम प्रदेश र लुम्बिनी प्रदेशका पहाडी तथा तराई भू-भागमा झन् व्यापक वर्षा हुने देखिएको छ ।

    images
    images

    यस्तो अवस्थामा नदीको जलसतह बढ्ने, बाढी, गेग्रान बहाव, पहिरो र भू–क्षयजस्ता प्रकोपको सम्भावना रहेकाले महाशाखाले सतर्कता अपनाउन आग्रह गरेको छ । विशेषगरी जनस्वास्थ्य, कृषि, दैनिक जनजीवन, सडक तथा हवाई यातायातमा असर पर्न सक्ने भएकाले जोखिम न्युनिकरणका उपायहरू अवलम्बन गर्नुपर्ने महाशाखाको सुझाव छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।