काठमाडौँ । एएफसी महिला एसियन कप छनोट प्रतियोगितामा उज्बेकिस्तानले श्रीलंकालाई फराकिलो अन्तरले पराजित गरेको छ ।
समुह एचमा रहेको उज्बेकिस्तानले गएराती सम्पन्न खेलमा श्रीलंकालाई १०-० गोल अन्तरले पराजित गरेको हो ।
यो जितपछि समुह एचमा उज्बेकिस्तान शिर्ष स्थानमा रहेको छ ।
आइतबार नै सम्पन्न खेलमा नेपालले लाओसलाई ९-० गोल अन्तरले पराजित गरेको थियो ।
अब यस समुहमा नेपालले जुलाई २ मा श्रीलंका तथा उज्बेकिस्तानले लाओसविरुद्ध खेल्ने तालिका रहेको छ ।
त्यस्तै जुलाई ५ मा नेपाल र उज्बेकिस्तान तथा लाओस र श्रीलंका खेल्ने तालिका रहेको छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology