Logo

२०८३, कार्तिक २९गते


images
images

शिक्षक महासंघले दियो पुनः आन्दोलन गर्ने चेतावनी

शिक्षक महासंघले दियो पुनः आन्दोलन गर्ने चेतावनी

images
  • शिक्षक महासंघले दियो पुनः आन्दोलन गर्ने चेतावनी
    फाईल फोटो : शिक्षक आन्दोलन
    images

    काठमाडौं । नेपाल शिक्षक महासंघले तोकिएको समय असार १५ गतेसम्म शिक्षा विधेयक अगाडि नबढेपछि पुनः आन्दोलनको चेतावनी दिएको छ ।  

    images
    images
    images

    सोमबार महासंघका अध्यक्ष लक्ष्मी किशोर सुवेदी र महासचिव तुलाबहादुर थापाले संयुक्त विज्ञप्ति जारी गर्दै विधेयकमा कुनै विलम्ब र षड्यन्त्र भए तुरुन्तै आन्दोलनमा जान बाध्य हुने बताएका हुन् ।

    images
    images
    images

    विज्ञप्तिमा भनिएको छ- ‘त्यो सहमतिमा नेपाल शिक्षक महासङ्घसँग भएका विगतका सहमतिलाई सम्बोधन हुने गरी असार १५ गते भित्र विद्यालय शिक्षा विधेयक प्रतिनिधि सभाबाट पारित गर्ने भन्ने प्रतिबद्धता हस्ताक्षर भएको थियो तर सो प्रतिबद्धता अनुरुप २०८२ असार १५ गतेसम्म पनि विद्यालय शिक्षा विधेयक प्रतिनिधि सभामा पेश भएको छैन । यसबाट आम नेपाली शिक्षक-कर्मचारी सशंकित र आक्रोशित भएका छन् ।’

    images
    images

    आन्दोलनरत शिक्षकहरुसँग गत बैशाख १७ गते ९ बुँदे सहमतिमा असार १५ गतेसम्म शिक्षा विधेयक पारित गर्ने बताइएको थियो । उक्त सहमति मन्त्रिपरिषद बैठक बसेर अनुमोदन गरिएको थियो । त्यसैगरी प्रतिबद्धता पत्रमा नेपाली कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरे, एमालेका मुख्य सचेतक महेश बर्तौला र शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति अम्मरबहादुर थापाले हस्ताक्षर गरेका थिए । 

    विद्यालय शिक्षा ऐन र सेवा सुविधाको माग गर्दै २९ दिन काठमाडौंको सडकमा शिक्षकले आन्दोलन गरेका थिए ।

    महासंघले समितिले विगतका सहमतिहरू समावेश भएको अग्रगामी विद्यालय शिक्षा विधेयक अविलम्ब प्रतिनिधि सभामा पेश गरी पारित गराउन ध्यानाकर्षण गराएको छ । महासंघले विधेयक पारित गराउन कुनै पनि खालको विलम्ब र षडयन्त्र भएमा महासङ्घ तुरुन्तै आन्दोलनमा जान बाध्य हुने चेतावनी दिइएको छ । साथै महासंघले अब हुने आन्दोलनबाट सिर्जना हुन सक्ने परिणामप्रति सचेत रहन तथा यो परिस्थिति निर्माण हुन नदिन सक्रिय र गम्भीर रहन सम्बन्धित सबैमा अपिल गरेको छ ।

    Teacher1751267820.jpg

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।