Logo

२०८३, आश्विन १०गते


images
images

विश्व व्यापार

अमेरिकी प्रविधि कम्पनीलाई कर लगाउने निर्णयबाट पछि हट्यो क्यानडा

अमेरिकी प्रविधि कम्पनीलाई कर लगाउने निर्णयबाट पछि हट्यो क्यानडा

images
  • अमेरिकी प्रविधि कम्पनीलाई कर लगाउने निर्णयबाट पछि हट्यो क्यानडा
    images
    images

    काठमाडौँ । क्यानडाले अमेरिकी प्रविधि कम्पनीहरूमा डिजिटल सेवा कर लगाउने आफ्नो निर्णय फिर्ता लिएको छ । क्यानडा सरकारले जुन ३० देखि अमेरिकी कम्पनीहरूमा डिजिटल सेवा कर लगाउने भएको घोषणा गरेको थियो ।

    images
    images
    images

    क्यानडाका प्रधानमन्त्री मार्क कार्नीले उनी र ट्रम्प अब व्यापार वार्ता पुनः सुरु गर्न सहमत भएको बताएका छन् । क्यानडाको अर्थ मन्त्रालयका अनुसार कार्नी र ट्रम्पबीच व्यापार सम्झौतामा वार्ता जुलाई २१ सम्ममा पुनः सुरु हुन सक्छ ।

    images
    images
    images

    ट्रम्पले जुन २७ मा क्यानडालाई अमेरिकी कम्पनीहरूमा कर लगाएमा चाँडै क्यानडामा नयाँ शुल्क लगाउने धम्की दिएका थिए ।

    images
    images
    images

    क्यानडाले डिजिटल सेवा कर ऐन गत वर्ष जुन २०, २०२४ मा क्यानडाको संसदबाट पारित गरेको थियो । यद्यपि, यो कर जुन ३०, २०२५ बाट एक वर्ष पछि लागू हुने थियो । कार्यान्वयन हुनुभन्दा केही घण्टा अघि, क्यानाडाली सरकारले यसमा यू-टर्न लिएको छ ।

    ट्रम्पले कर सम्बन्धी वार्ताबाट पछि हटेपछि, क्यानाडाका प्रधानमन्त्री मार्क कार्नीले क्यानडाका जनताको हितमा अमेरिकासँग वार्ता जारी राख्न चाहेको बताएका थिए ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।