Logo

२०८३, आश्विन ११गते


images
images

राष्ट्रिय खेलकुद नीति- २०८२ सार्बजनिक, यस्ता छन् ६ उद्धेश्य

राष्ट्रिय खेलकुद नीति- २०८२ सार्बजनिक, यस्ता छन् ६ उद्धेश्य

images
  • राष्ट्रिय खेलकुद नीति- २०८२ सार्बजनिक, यस्ता छन् ६ उद्धेश्य
    images
    images

    काठमाडौं । युवा तथा खेलकुद मन्त्रालयले राष्ट्रिय खेलकुद नीति २०८२ सार्वजनिक गरेको छ । असार ९ गते बसेको बैठकले स्वीकृत नीति मन्त्रालयले सोमबार सार्वजनिक गरेको हो । 

    images
    images
    images

    खेलकुदलाई जनजीवनको अभिन्न अंगका रूपमा विकास गरि स्वस्थ, सक्षम र अनुशासित जनशक्ति तयार गरि राष्ट्र निर्माणमा योगदान पुरयाउनु राष्ट्रिय खेलकुद नीति २०८२ को उद्धेश्य रहेको छ । 

    images
    images
    images

    खेलकुद नीतिका ६ उद्धेश्य: 

    images
    images
    images

    १- खेलकुदलाई जनजीवनको अभिन्न अङ्गको रूपमा विकास गरी स्वस्थ, सक्षम र अनुशासित जनशक्ति तयार गरी राष्ट्र निर्माणमा योगदान पुर्‍याउनु । 

    २- संघ, प्रदेश र स्थानीय तहबिचको समन्वय र सहकार्यमा खेलकुद क्षेत्रको विकास र बिस्तार गर्नु । 

    ३- अन्तर्राष्ट्रिय समुदाय तथा निजी क्षेत्रको सहभागिता र लगानी आकर्षित गरी खेल क्षेत्रलाई व्यावसायीकरण तर्फ उन्मुख गराउनु । 

    ४- मनोरञ्जनात्मक, परम्परागत, साहसिक तथा पर्वतीयलगायतका खेलमार्फत पर्यटन प्रवर्धन, उद्योग क्षेत्रको विकास र बिस्तारका साथै रोजगारी सिर्जना गरी आर्थिक विकासमा टेवा पुर्‍याउनु ।  

    ५- खेलकुदमा नवीनतम प्रविधि र अभ्यासहरू अवलम्बन गरी खेलकुदलाई स्वच्छ, स्वस्थ र परिणाममुखी बनाउनु । 

    ६- खेलकुद प्रतियोगितालाई प्रतिस्पर्धात्मक र गुणस्तरयुक्त बनाई अन्तर्राष्ट्रिय प्रतियोगितामा देशको सार्थक, सशक्त र सक्रिय सहभागिता बढाउनु ।

    यस नीतिमा ६ वटा उद्देश्य, १४ वटा नीति, २२ वटा रणनीति र ९२ वटा कार्यनीतिहरुमा समेटिएको छ । यस नीति प्रभावकारी कार्यान्वयनका लागि राष्ट्रिय खेलकुद अनुगमन समिति गठन गरिने र तीनै तहका सरकारहरुले आफ्नो क्षेत्राधिकारअनुसार अनुगमन तथा मूल्यांकन गर्न सक्ने व्यवस्था समेत समेटिएको मन्त्रालयले जनाएको छ ।

    त्यस्तै मन्त्रालयले यस नीतिको कार्यान्वयनबाट समग्र खेलकुद क्षेत्रको दिगो विकास, राष्ट्रिय गौरव अभिवृद्धि र मुलुकको अन्तर्राष्ट्रिय पहिचान सुदृढ गर्न महत्वपूर्ण योगदान पु-याउने विश्वास लिएको जनाएको छ ।

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।