देवदह । जनता माध्यमिक विद्यालय देवदह–८ मा एसइई परिक्षामा सफल भएका विद्यार्थीहरूलाई सम्मान गरिएको छ । विद्यालयले एक कार्यक्रम बीच उत्तीर्ण विद्यार्थी र उत्कृष्ट नतिजा दिने शिक्षकलाई सम्मान गरेको जनाएको छ ।
कार्यक्रममा विद्यालय उत्कृष्ट हुने छात्रा स्वेता घर्तीमगर, A+ ग्रेड प्राप्त गर्ने शुभम पाण्डे, स्नेहा तिवारीसहित सबै सफल विद्यार्थीलाई अबिर र खादासहित सम्मान गरिएको प्रधानाध्यापक कृष्ण प्रसाद अर्यालले जानकारी दिए।
त्यस्तै एसइई परीक्षामा उत्कृष्ट नतिजा ल्याउन सहयोग पुर्याउने शिक्षकहरू मोहन थापा, राजेश काफ्ले, अनिता बुढाथोकी मगर, मुना कुवँर, पुनम भुसाल, गीता काफ्ले, सृजना ढकाल, कृष्णप्रसाद अर्याल (प्रधानाध्यापक), किरणसिंह रजाली र रविबल्लभ रेग्मीलाई विद्यालयले सम्मानपत्र प्रदान गरेको जनाएको छ ।
एसइई परिक्षा २०८१ मा विद्यालयबाट सहभागी २५ जना विद्यार्थी मध्ये २३ जना उत्तीर्ण भएका छन । जसमा एकजना छात्राले ३.८७ जिपिए प्राप्त गरेकी छन । विद्यालयले ९२ प्रतिशत नतिजा प्राप्त गरेको छ ।
कार्यक्रममा देवदह नगरपालिका–८ का वडाध्यक्ष हरिप्रसाद पाण्डे, विद्यालय व्यवस्थापन समिति पूर्व अध्यक्ष ताराप्रसाद खरेल लगायत जनप्रतिनिधी, शिक्षक, अभिभावक र विद्यार्थीको उपस्थिति रहेको थियो ।
विद्यालय व्यवस्थापन समितिका कार्यवाहक अध्यक्ष कुलराज शर्माको अध्यक्षता रहेको कार्यक्रममा शिक्षक बिमला अर्यालले स्वागत तथा शिक्षक प्रतिनिधि रविबल्लभ रेग्मीलको सञ्चालन रहेको थियो ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology