Logo

२०८३, कार्तिक २९गते


images
images

मौसम

देशभर मनसुनी प्रभाव, भारी वर्षा र बाढीको सम्भावना

देशभर मनसुनी प्रभाव, भारी वर्षा र बाढीको सम्भावना

images
  • देशभर मनसुनी प्रभाव, भारी वर्षा र बाढीको सम्भावना
    images

    काठमाडौँ । देशभर हाल मनसुनी वायुको प्रभाव जारी छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही उत्तरतर्फ सरेको र पश्चिम नेपाल नजिक सक्रिय रहेको छ ।

    images
    images
    images

    यसको प्रभावस्वरूप आज देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ । लुम्बिनी प्रदेशसहित देशका पहाडी भूभागका धेरै स्थानमा तथा अन्य भू-भागका केही स्थानमा मेघगर्जनसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना रहेको छ । कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा भने भारीदेखि अति भारी वर्षाको जोखिमसमेत देखिएको छ ।

    images
    images
    images

    उच्च पहाडी तथा हिमाली भेगका केही स्थानमा हल्कादेखि मध्यम वर्षा र हिमपात पनि हुन सक्ने महाशाखाको भनाइ छ ।

    images
    images

    मौसमको यस अवस्थाले आगामी २४ घण्टासम्म नदीहरूमा पानीको बहाव तीव्र हुने, बाढी, पहिरो र भू-क्षयको सम्भावना रहन सक्छ । यस्तो जोखिमलाई ध्यानमा राख्दै महाशाखाले जनस्वास्थ्य, कृषि, यातायात र दैनिक जनजीवनमा हुन सक्ने असुविधा वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।