Logo

२०८३, आश्विन ९गते


images
images

भारतको कर्नाटकको एक जिल्लामा एक महिनामा २० जनाको हृदयघातबाट मृत्यु भएपछि छानबिनको आदेश

भारतको कर्नाटकको एक जिल्लामा एक महिनामा २० जनाको हृदयघातबाट मृत्यु भएपछि छानबिनको आदेश

images
  • भारतको कर्नाटकको एक जिल्लामा एक महिनामा २० जनाको हृदयघातबाट मृत्यु भएपछि छानबिनको आदेश
    images
    images

    काठमाडौँ । भारतको कर्नाटकको हसन जिल्लामा एक महिनामा २० जनाको हृदयघातबाट मृत्यु भएको विषय अहिले चर्चामा रहेको छ । हृदयघातबाट मृत्यु हुनेहरूमा धेरै जसो १८ देखि ४० वर्ष उमेरका युवाहरू समावेश रहेको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् ।

    images
    images
    images

    कर्नाटकका स्वास्थ्यमन्त्री दिनेश गुन्डु रावले यसबारे अनुसन्धानको आदेश दिएका छन् । यो अनुसन्धान जयदेव कार्डियोभास्कुलर साइन्सेस एण्ड रिसर्च इन्स्टिच्युटका निर्देशकको नेतृत्वमा गरिने भएको छ ।

    images
    images
    images

    स्वास्थ्यमन्त्री गुन्डुले भने- 'हामीलाई यो थाहा हुने बित्तिकै हामीले अनुसन्धानको आदेश दिएका छौं । हामी जान्न चाहन्छौं कि यसको पछाडिको कारण के हो ?'

    images
    images
    images

    उनले भने- 'एक महिनामा हृदयघातबाट धेरैको मृत्यु भएको छ । एउटै जिल्लामा हृदयघातबाट यति धेरै मृत्यु हुनु चिन्ताजनक छ । यी सबै मृत्यु एउटै जिल्ला, हसनमा भएका छन् ।'

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।