Logo

२०८३, आश्विन १०गते


images
images

गाजामा इजरायल र अमेरिका समर्थित फाउन्डेसन बन्द गर्न विश्वका १३० भन्दा बढी संस्थाको माग

गाजामा इजरायल र अमेरिका समर्थित फाउन्डेसन बन्द गर्न विश्वका १३० भन्दा बढी संस्थाको माग

images
  • गाजामा इजरायल र अमेरिका समर्थित फाउन्डेसन बन्द गर्न विश्वका १३० भन्दा बढी संस्थाको माग
    images
    images

    काठमाडौँ । विश्वभरका १३० भन्दा बढी परोपकारी संस्थाहरूले इजरायल र अमेरिका समर्थित गाजा मानवीय फाउन्डेसन बन्द गर्न माग गरेका छन्।

    images
    images
    images

    मंगलवार एक विज्ञप्ति जारी गर्दै यी संस्थाहरूले  मानवीय फाउन्डेसन ले सञ्चालन सुरु गरेदेखि सहयोग खोज्दै गर्दा ५०० भन्दा बढी प्यालेस्टिनीहरू मारिएका र चार हजारभन्दा बढी घाइते भएको बताएका उल्लेख गर्दै यसलाई बन्द गर्न आग्रह गरेका हुन् ।

    images
    images
    images

    अक्सफाम, सेभ द चिल्ड्रेन र एम्नेस्टी लगायत धेरै संस्थाहरूले इजरायली सेना र सशस्त्र समूहहरूले सहयोग खोजिरहेका प्यालेस्टिनीहरूमाथि 'नियमित रूपमा' गोली चलाउने गरेको बताएका छन् ।

    images
    images
    images

    अर्कोतर्फ इजरायलले आफ्ना सैनिकहरूले सहयोग खोजिरहेकाहरूमाथि जानाजानी गोली चलाएको कुरा अस्वीकार गर्दै आएको छ ।

    मानवीय फाउन्डेसनको बचाउ गर्दै, इजरायलले हमासको हस्तक्षेपलाई बेवास्ता गर्दै खाँचोमा परेकाहरूलाई प्रत्यक्ष सहायता प्रदान गर्ने बताएको छ । परोपकारी संस्थाहरूले संयुक्त विज्ञप्तिमा फाउन्डेसनले मानवीय कार्यका सबै मापदण्डहरू उल्लङ्घन गरिरहेको बताएका छन् ।

    मानवीय फाउन्डेसनसँग दैनिक २० लाख मानिस सम्बन्धित रहेको र उनीहरुले हरेक दिन इजरायलको तर्फबाट हुने गोलीबारीको सामना गरिरहेका छन् ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।