Logo

२०८३, श्रावण २७गते


images
images

कृषि

देवदहमा ५० प्रतिशत अनुदानमा कृषि उपकरण वितरण

देवदहमा ५० प्रतिशत अनुदानमा कृषि उपकरण वितरण

images
  • देवदहमा ५० प्रतिशत अनुदानमा कृषि उपकरण वितरण
    images
    images

    देवदह । देवदह नगरपालिकाले सहकारी तथा किसान समूहहरूमार्फत ५० प्रतिशत अनुदानमा कृषि उपकरण वितरण गरेको छ । कृषिमा यान्त्रीकरणको प्रवर्द्धन गर्न नगर कृषि शाखाको संयोजनमा उपकरण वितरण गरिएको जनाइएको छ । 

    images
    images
    images

    अनुदान लिने संस्था/कृषकको ५० प्रतिशत र नगरपालिकाको ५० प्रतिशत लगानीमा २० लाख बराबरका उपकरण वितरण गरिएको नगरपालिका कृषि शाखाका पविन्द्र मल्लले जानकारी दिए । 
     
    वितरित उपकरणहरूमा मकै छोडाउने मेसिन ४ वटा, रोप्ने गोड्ने मेसिन ५ वटा, कम्बाइन मिल ६ वटा र ७ एचपी तथा ९ एचपी क्षमताका मिनी टिलरहरू १६ वटा, २२ एचपी क्षमताका मिनी टिलर ३ वटा लागायत रहेका छन् । 

    images
    images
    images

    ९ वटा सहकारी र कृषि समूह मार्फत ३७ जना कृषकलाई उपकरण प्रदान गरिएको नगरपालिकाले जनाएको छ । 

    images
    images
    images

    कृषि उपकार वितरण कार्यक्रममा देवदह नगर प्रमुख ध्रुवप्रसाद खरेल, उपप्रमुख विद्यालक्ष्मी गुरुङ, आर्थिक विकास समिति संयोजक दीपक नेपाल, सामाजिक विकास समिति संस्योजक हरी पाण्डे, कृषि शाखा प्रमुख राजेन्द्र चौधरी थारु लगायतको उपस्थिति रहेको थियो ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।