Logo

२०८३, आश्विन १०गते


images
images

बिग ब्युटिफुल बिल

ट्रम्पको 'बिग ब्युटिफुल बिल' सिनेटबाट पारित

ट्रम्पको 'बिग ब्युटिफुल बिल' सिनेटबाट पारित

images
  • ट्रम्पको 'बिग ब्युटिफुल बिल' सिनेटबाट पारित
    images
    images

    काठमाडौँ । अमेरिकामा राष्ट्रपति डोनाल्ड ट्रम्पले ल्याएको 'बिग ब्युटिफुल बिल' सिनेटबाट पारित भएको छ ।

    images
    images
    images

    सिनेटमा भएको मतदानमा ५०-५० मत परेपछि उपराष्ट्रपति जेडी भान्सले निर्णायक मतदान गरेर बिल पारित भएको सिएनएनले उल्लेख गरेको छ । 

    images
    images
    images

    सिनेटबाट पारित भएको यो बिल अब तल्लो सदनमा जाने छ । तल्लो सदनमा यस बिलको चर्को विरोध भइरहेको छ । यस बिलको पहिलेको संस्करणलाई तल्लो सदनले केवल एक मतले पारित गरेको थियो ।

    images
    images
    images

    ट्रम्पले रिपब्लिकन-नियन्त्रित कांग्रेसलाई कानूनमा हस्ताक्षर गर्न विधेयकको अन्तिम संस्करण पठाउन जुलाई ४ सम्मको समयसीमा दिएका छन् ।

    मिडिया रिपोर्टका अनुसार तल्लो सदनमा रिपब्लिकन पार्टीको बहुमत भएपनि यस बिलमा सिनेटले गरेका परिवर्तनप्रति रिपब्लिकन सांसदहरु असन्तुष्ट रहेका छन् ।

    त्यस्तै यस बिलको विरोधमा विश्वकै धनि व्यापारी एलन मस्क पनि लागिरहेका छन् । मस्कले खुला रुपमा यस बिलको समर्थन गर्ने सांसदहरुलाई आगामी निर्वाचनमा हराइदिने चेतावनी दिएका छन् । उनले यस बिलले अमेरिकालाई 'बैंक करप्ट' बनाउने दाबि गरेका छन् । यस बिलले इलेक्ट्रोनिक सवारी साधनको उत्पादनमा अमेरिकी सरकारले गर्दै आएको सहयोगमा ठुलो कटौती गरेको छ र यसको सिधा असर मस्कको टेस्ला कम्पनीलाई पर्ने बताइएको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।