Logo

२०८३, आश्विन १०गते


images
images

एएफसी युमन्स एसिया कप क्वालिफायर्स

एएफसी युमन्स एसिया कप क्वालिफायर्समा आज नेपाल र श्रीलंका खेल्दै

एएफसी युमन्स एसिया कप क्वालिफायर्समा आज नेपाल र श्रीलंका खेल्दै

images
  • एएफसी युमन्स एसिया कप क्वालिफायर्समा आज नेपाल र श्रीलंका खेल्दै
    images
    images

    काठमाडौँ । नेपाली राष्ट्रिय महिला फुटबल टिमले आज एएफसी युमन्स एसिया कप क्वालिफायर्स अन्तर्गत श्रीलंकाको सामना गर्दैछ । उज्बेकिस्तानको राष्ट्रिय स्टेडियममा हुने यो खेल नेपाली समय अनुसार साँझ ६: १५ बजेदेखि शुरु हुदैछ ।

    images
    images
    images

    फिफा वरियतामा श्रीलंका नेपालभन्दा धेरै पछाडीको टिम हो । नेपाल हाल फिफाको महिला वरियताको सयौं स्थानमा छ भने श्रीलंका १५९औं स्थानमा रहेको छ ।

    images
    images
    images

    यस छनौट प्रतियोगितामा नेपालले आफ्नो पहिलो खेलमा लाओसविरुद्ध ९-० गोल अन्तरको जित हासिल गरेर शानदार शुरुवात गरेको छ । त्यस्तै श्रीलंकाले भने आफ्नो पहिलो खेल उज्बेक्स्तानसँग १०-० ले हारेको थियो ।  

    images
    images
    images

    आजै यस समुहको उन्बेकिस्तान र लाओसबीच पनि खेल हुदैछ ।

    यस प्रतियोगितामा नेपालले आजको खेलपछि जुलाई ५ मा उज्बेकिस्तानसँग खेल्ने तालिका रहेको छ ।

    राष्ट्रिय टिमका मुख्य प्रशिक्षक प्याट्रिक डी वाइल्डले एएएफसी महिला एसियाली कप छनौट खेल्ने नेपाली राष्ट्रिय महिला फुटबल टिम २१ सदस्यीय टिम छानेका छन् ।  

    नेपाली टिम:

    गोलकिपर: अन्जिला तुम्बापो सुब्बा, उषा नाथ र अञ्जना राना मगर ।
    डिफेन्डर:  गीता राणा, निशा थोकर, समीक्षा घिमिरे, मनमाया दमाई, प्रतिक्षा चौधरी, विमला विक, पूजा राणा र अमृता जैशी ।
    मिडफिल्डर: विमला चौधरी, अनिता बस्नेत, रेणुका नगरकोटे, प्रीति राई, सरु लिम्बु, सविता राना मगर र सरस्वती हमाल ।
    फरवार्ड: सावित्रा भण्डारी, रश्मी कुमारी घिसिङ, चन्द्र भण्डारी, अनिता केसी र रेखा पौडेल ।

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।