Logo

२०८३, कार्तिक २८गते


images
images

राष्ट्रिय सभा

निजामती सेवा विधेयक राष्ट्रिय सभामा टेबल

निजामती सेवा विधेयक राष्ट्रिय सभामा टेबल

images
  • निजामती सेवा विधेयक राष्ट्रिय सभामा टेबल
    images

    काठमाडौं । निजामती सेवा विधेयक राष्ट्रिय सभामा टेबल  भएको छ । बैठकमा राष्ट्रिय सभाका सचिव डा.सुरेन्द्र अर्यालले निजामती सेवा विधेयक टेबल गरेका हुन् । आइतबार उक्त विधेयक प्रतिनिधिसभाबाट बहुमतले पारित भएको थियो । 

    images
    images
    images

    संसदीय समितिमा लामो छलफलपछि संघीय निजामती विधेयक समितिबाट पारित भएको विधेयकमा हेराफेरी गरेर प्रतिनिधिसभाबाट पारित भएको विषय अहिले विवादित रहेको छ । 

    images
    images
    images

    राज्य व्यवस्था समितिबाट निजामति कर्मचारीहरू अवकासमा गएपछि  वा राजीनामा दिएपछि दुई वर्षसम्म कुनै संवैधानिक वा सरकारी नियुक्ति नपाउने समितिले निर्णय गरेको थियो । सोही निर्णयअनुसार असार १५ गते प्रतिनिधिसभा बैठकमा उक्त विधेयक पारित भएको थियो। तर, त्यसलाई परिवर्तन गरी अर्को नियुक्ति पाउन सक्ने दफा समावेश गरिएको विषय अहिले विवादित रहेको छ ।

    images
    images

    निजामती सेवासम्बन्धी विधेयकको कुलिङ पिरियडसम्बन्धी व्यवस्थामा जालझेल गरिएको भन्दै राज्यव्यवस्था समितिका सभापति र समितिका सचिवमाथि दबाब बढेको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # निजामती सेवा विधेयक
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।