Logo

२०८३, आश्विन १०गते


images
images

एएफसी महिला एसियन कप

नेपालको श्रीलंकाविरुद्ध शानदार ८-० को जित

नेपालको श्रीलंकाविरुद्ध शानदार ८-० को जित

images
  • नेपालको श्रीलंकाविरुद्ध शानदार ८-० को जित
    images
    images

    काठमाडौं । नेपालले श्रीलंकाविरुद्ध शानदार जित हासिल गरेको छ ।  उज्बेकिस्तानको तासकेन्तस्थित बुनयोदकोर स्टेडियममा सम्पन्न एएफसी महिला एसियन कप छनोट अन्तर्गतको खेलमा नेपालले श्रीलंकाविरुद्ध ८-० को जित हासिल गरेको हो ।

    images
    images
    images

    नेपालका लागि खेलको छैटौं मिनेटमा गीता राणाले हेडमार्फत पहिलो गोल गरेकी थिइन् भने सावित्रा भण्डारी साम्बाले ह्याट्रिक गरेकी थिइन् । साम्बाले खेलको २०औं, ४२औ र ४५औं मिनेटमा गोल गर्दै आफ्नो ह्याट्रिक पुरा गरेकी थिइन् । त्यसपछि खेलको ५४औं मिनेटमा गीता राणाले पेनाल्टीमार्फत गोल गरेकी थिइन् भने खेलको ६२औं मिनेटमा निशा थोकरले हेडमार्फत गोल गरेकी थिइन् । त्यसपछि खेलको ७८औं मिनेटमा रेखा पौडेलले र ८२औं मिनेटमा पुजा रानाले गोल गरेकी थिइन् ।

    images
    images
    images

    यस छनौट प्रतियोगितामा नेपालको यो लगातार दोस्रो जित हो । यस अघि आफ्नो पहिलो खेलमा लाओसविरुद्ध ९-० गोल अन्तरको जित निकालेको थियो ।  त्यस्तै पहिलो खेलमा उज्बेकिस्तानसँग १०-० ले हार बेहोरेको श्रीलंकाले लगातार दोस्रो हार बेहोरेको छ ।  

    images
    images
    images

    अब नेपालले आफ्नो समुह एफ को अन्तिम खेल शनिबार उज्बेकिस्तानसँग खेल्ने छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।