Logo

२०८३, कार्तिक २९गते


images
images

मौसम

देशभर मनसुनी प्रभाव, भारी वर्षाको सम्भावना

देशभर मनसुनी प्रभाव, भारी वर्षाको सम्भावना

images
  • देशभर मनसुनी प्रभाव, भारी वर्षाको सम्भावना
    images

    काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मौसम पूर्वानुमान महाशाखाले मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपासमा रहेको र सोही कारण देशका अधिकांश भागमा मौसम प्रभावित बनेको जनाएको छ ।

    images
    images
    images

    हाल सुदूरपश्चिम प्रदेशमा साधारणतया बदली रहेको छ भने अन्य प्रदेशहरूमा मौसम मुख्यतः सफा देखि आंशिक बदली रहेको महाशाखाले जानकारी दिएको छ । सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी, बागमती र कोशी प्रदेशका थोरै स्थानहरूमा हल्का वर्षा भइरहेको उल्लेख छ ।

    images
    images
    images

    आज दिउँसो देशभरको मौसम अझै सक्रिय रहने देखिएको छ। विशेष गरी बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेश लगायत पहाडी भू-भागका धेरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना रहेको छ । त्यस्तै, कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका एक–दुई स्थानमा भारी वर्षा पनि हुनसक्ने बताइएको छ ।

    images
    images

    उच्च पहाडी र हिमाली क्षेत्रका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षा वा हिमपातको पनि सम्भावना रहेकोले उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ ।

    मौसम पूर्वानुमान महाशाखाले आगामी २४ घण्टामा सम्भावित वर्षाका कारण भू-क्षय, बाढी, पहिरो र गेग्रान बहावको जोखिम रहेको औंल्याएको छ । विशेषगरी शहरी तथा तराई क्षेत्रहरूमा डुबानको सम्भावना उच्च छ। ठूला तथा साना नदी, खोलानालामा पानीको सतह बढ्न सक्ने भएकाले दैनिक जनजीवन, कृषि, स्वास्थ्य, पर्यटन, नदी किनार क्षेत्रका निर्माण कार्य, सडक तथा हवाई यातायात समेत प्रभावित हुन सक्ने देखिन्छ ।

    महाशाखाले सर्वसाधारणसँगै सबै सरोकारवाला निकायहरूलाई आवश्यक सतर्कता र पूर्व तयारी अपनाउन अनुरोध गरेको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।