Logo

२०८३, आश्विन १०गते


images
images

अमेरिकी फेडरल रिजर्भ बैंकका प्रमुखलाई तुरुन्तै पद छोड्न ट्रम्पको आग्रह

अमेरिकी फेडरल रिजर्भ बैंकका प्रमुखलाई तुरुन्तै पद छोड्न ट्रम्पको आग्रह

images
  • अमेरिकी फेडरल रिजर्भ बैंकका प्रमुखलाई तुरुन्तै पद छोड्न ट्रम्पको आग्रह
    images
    images

    काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले फेडरल रिजर्भ बैंकका प्रमुख जेरोम पावेललाई तुरुन्तै पद छोड्न आग्रह गरेका छन् ।

    images
    images
    images

    ट्रम्पले आफ्नो सामाजिक प्लेटफर्म ट्रुथ सोसियलमा लेख्दै बैंकका प्रमुख पावेललाई तुरुन्तै पद छोड्न आग्रह गरेका हुन् ।

    images
    images
    images

    उनले भनेका छन्- 'धेरै ढिलो भयो, उनले तुरुन्तै राजीनामा दिनुपर्छ !' ट्रम्पले आफ्नो पहिलो कार्यकालमा पावेललाई फेडरल रिजर्भ बैंकको अध्यक्षको रूपमा मनोनित गरेका थिए । ट्रम्पले ब्याजदर कटौती नगरेकोमा पावेलको बारम्बार आलोचना गरेका छन् ।

    images
    images
    images

    राष्ट्रपति ट्रम्पसँग उनलाई पदबाट हटाउने शक्ति छ कि छैन भन्ने कुरा स्पष्ट छैन । पावेलको निरन्तर आलोचनाको बाबजुद, राष्ट्रपतिले यस वर्षको सुरुमा पावरलाई बर्खास्त गर्ने उनको कुनै मनसाय नरहेको बताएका थिए ।

    ट्रम्प आर्थिक वृद्धि बढाउन फेडरल रिजर्भ बैंकले ब्याजदर घटाउन चाहन्छन् । अर्कोतर्फ, पावेलले ट्रम्पको ट्यारिफ नीतिहरूले अर्थतन्त्रलाई असर नगरेको भए, केन्द्रीय बैंकले पहिले नै ब्याजदर घटाइसकेको हुने थियो भन्ने प्रतिक्रिया दिएका थिए ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।