Logo

२०८३, कार्तिक २९गते


images
images

विद्युत प्रसारण लाइन जडान विवाद

सुनवल-८ वडा कार्यालयमा स्थानीयले लगाए ताला

सुनवल-८ वडा कार्यालयमा स्थानीयले लगाए ताला

images
  • सुनवल-८ वडा कार्यालयमा स्थानीयले लगाए ताला
    images

    सुनवल । सुनवल नगरपालिका वडा नं ८ को कार्यालयमा तालाबन्दी गरिएको छ । '३३ केभी विद्युत प्रसारण लाइन' जडानको विरोध गर्दै आएका स्थानीयले वडा कार्यालयमा ताल लगाएका हुन् ।

    images
    images
    images

    तालाबन्दी पछि सूचना टास्दै आन्दोलित स्थानीयले '१३२/३३ केभी प्रसारण लाइन' जडानमा नगर प्रमुख र उपप्रमुखले वेवास्ता गरेको हुनाले अनिश्चितकालसम्मको लागि वडामा तालाबन्दी गरिएको उल्लेख गरेका छन् ।

    images
    images
    images

    संघर्ष समिति संयोजक सानुबाबु श्रेष्ठ र मुद्धा दर्ता समिति संयोजक देउकुमारी दवाडीको नेतृत्वमा ताला स्थानीयले ताला लगाएका हुन् ।   

    images
    images

    वडा अध्यक्ष देउबहादुर गुरुङले वडा कार्यालयमा तालाबन्दी भएको पुष्टि गरे । स्थानीयले वडामा ताला लगाएपछि आफु परासी तिर आएको उनले बताए । 'वडामा ताला लागेको छ, अहिले म परासीतिर छु' अध्यक्ष गुरुङले सेतोमसीसंग भने । 

    कार्यालयमा ताला लगाइएको विषय नगरपालिका र जिल्ला प्रशासन कार्यालयमा जानकारी दिनुभयो भन्ने प्रश्नमा अध्यक्ष गुरुङले आफुले कहीं पनि जानकारी नगराएको बताए । 

    वडा कार्यालयमा तालाबन्दी भएर काम कारवाही रोकिएको विषयमा सुनवल नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शेषकान्त पौडेलले प्रशासनसंग कुरा भैरहेको बताए । 

    'यो विद्युत प्राधिकरणको कुरा हो । त्यसमा हाम्रो त्यति भूमिका पनि रहन्न । फेरी पनि स्थानीय सरकार भएको हुनाले हामीले आवश्यक समन्वय गरिरहेका छौं ।' उनले भने, प्राधिकरणको रिसले वडा कार्यालयमा ताला लगाएर हुँदैन । ताला छिट्टै खुल्छ ।'

    वडा कार्यालयमा ताला लगाइएपछि सेवाग्राहीको काम बन्द भएको छ भने कर्मचारी छहारीमा आराम गरिरहेको स्थानीय दीपक कुमार खातीले जानकारी दिए ।

    स्मरण रहोस, विद्युत प्राधिकरणका प्राविधिकहरूले जडान हुन लागेको ३३ केभी प्रसारण लाइन भनिरहेका छन भने स्थानीयले १३२/३३ केभी प्रसारण लाइन भनिरहेका छन  ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।