Logo

२०८३, आश्विन १०गते


images
images

अमेरिकाको शिकागोस्थित नाइटक्लब बाहिर गोलीबारी, चार जनाको मृत्यु

अमेरिकाको शिकागोस्थित नाइटक्लब बाहिर गोलीबारी, चार जनाको मृत्यु

images
  • अमेरिकाको शिकागोस्थित नाइटक्लब बाहिर गोलीबारी, चार जनाको मृत्यु
    images
    images

    काठमाडौँ । अमेरिकाको शिकागोको नाइटक्लब बाहिर भएको गोलीकाण्डमा कम्तिमा चार जनाको मृत्यु भएको र १४ जना घाइते भएको प्रहरीले जनाएको छ ।

    images
    images
    images

    शिकागो प्रहरीले गाढा रंगको कारमा सवार बन्दुकधारीहरूले बाहिर उपस्थित मानिसहरूमाथि गोली चलाउन थालेको बताएको छ ।

    images
    images
    images

    सीबीएस न्यूजका अनुसार, र्‍यापर मेलो बक्जको एल्बम रिलिज पार्टीपछि नाइटक्लबबाट मानिसहरूको भीड बाहिर निस्किरहेको समयमा गोली चलेको थियो । प्रहरीले गाडी तुरुन्तै घटनास्थलबाट भागेको र अहिलेसम्म कसैलाई पनि नियन्त्रणमा नलिएको बताएको छ ।

    images
    images
    images

    गोली हानाहानमा २४ र २५ वर्षका दुई पुरुष र २६ र २७ वर्षका दुई महिलाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

    अस्पतालमा भर्ना भएका कम्तीमा चार जनाको अवस्था गम्भीर रहेको बताइएको छ । गोली हानाहानमा घाइते र मृत्यु भएकाहरूको पहिचान अझै खुलाइएको छैन।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।