देवदह । साना किसान कृषि सहकारी संस्था केरवानीले शुक्रवार सेयर सदस्यहरुलाई फलफुलका विरुवा वितरण गरेको छ । यो पटकएक हजार सेयर सदस्यलाई प्रति सेयर सदस्य एक विरुवाको दरले सिडलेस लिचीका विरुवा वितरण गर्न लागिएको संस्थाका अध्यक्ष दिपक पौडेलले जानकारी दिए ।
सहकारीको सामुदायिक विकास कोष अन्तर्गतको रकमबाट ८२ हजार रुपैंया बराबरको विरुवा खरिद गरी वितरण गर्न लागिएको र आजमात्र चार सय भन्दा बढि विरुवा वितरण गरिएको अध्यक्ष पौडेलले बताए । पौडेलले भने, ‘अनावश्यक रुपमा गरिने भ्रमण लगाएतका कार्यक्रमको खर्च कटौती गरेर सेयर सदस्यलाई प्रत्यक्ष फाईदा पुग्ने किसिमले विरुवा वितरण गर्न लागेका छौं । यसले २÷३ बर्षपछि उत्पादन दिन थाल्नेछ ।’
यो बर्षबाट ट्रायलको रुपमा सुरुवात गरिएको कार्यक्रम प्रभावकारी रहेमा अर्कोबर्ष समेत निरन्तरता दिने र फरक किसिमका विरुवाहरु उपलब्ध गराईने संस्थाले जनाएको छ ।
कार्यक्रममा सानाकिसान लघुवित्त वित्तिय संस्था बुटवलका वरिष्ठ अधिकृत विदुर अर्याल, संस्थाका सल्लाहकार, पदाधिकारी तथा सदस्यहरु लगाएतको उपस्थिती थियो । केरवानी सहकारीमा हाल एक हजार पाँच सय ७५ जना सेयर सदस्यहरु रहेका छन् ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology