Logo

२०८३, आश्विन १०गते


images
images

एएफसी महिला एसियन कप छनोट

जित्नैपर्ने दबाबका बिच आज नेपाल र उज्बेकिस्तान खेल्दै

जित्नैपर्ने दबाबका बिच आज नेपाल र उज्बेकिस्तान खेल्दै

images
  • जित्नैपर्ने दबाबका बिच आज नेपाल र उज्बेकिस्तान खेल्दै
    images
    images

    काठमाडौं । उज्बेकिस्तानले जारी एएफसी महिला एसियन कप छनोट अन्तर्गतको आज नेपाल र उज्बेकिस्तानबीच खेल हुदैछ । यो खेल नेपाली समय अनुसार राति ९: १५ बजेदेखि शुरु हुदैछ ।

    images
    images
    images

    समुह एफबाट एसियन कपमा छनौट हुन यो खेल दुवै देशका लागि जित्नैपर्ने अवस्था बनेको छ । समुह एफ मा नेपाल र उज्बेकिस्तानको २-२ खेलमा ६-६ अंक भएको छ । रोचक कुरा नेपाल र उज्बेकिस्तानले दुवै खेलमा १७-१७ गोल गरेका छन र दुवैले कुनै गोल खाएका छैनन् । दुवैको गोल अन्तर १७-१७ नै रहेको छ ।

    images
    images
    images

    त्यसैले आजको नेपाल र उज्बेकिस्तानबीचको खेल फाइनल खेल बनेको छ । फाइनल जस्तै भएको यस खेलको विजेता देश अर्को बर्ष अस्ट्रेलियामा हुने एफसी महिला एसियन कपका लागि छनौट हुने छ । यो खेल बराबरी भएमा खेलको निर्णय पेनाल्टी सुट आउटबाट गरिने भएको छ । 

    images
    images
    images

    फिफा वरियतामा नेपालभन्दा उज्बेकिस्तान धेरै अगाडी रहेको छ । नेपाल सयौं स्थानमा छ भने उज्बेकिस्तान हाल फिफा वरियतामा ५१औं स्थानमा रहेको छ ।

    नेपाल र उज्बेकिस्तानबीच अहिलेसम्म तीन खेल भएका छन् र तिनै खेल उज्बेकिस्तानले जितेको छ । उज्बेकिस्तानले १९९९ को एशिया कपमा नेपालमाथि ६-१ को जित हासिल गरेको थियो भने २०१९ को सेप्टेम्बरमा किर्गिस्तानमा भएको नादेज्दा कपमा नेपाल २-० र ३-२ ले पराजित भएको थियो ।

    राष्ट्रिय टिमका मुख्य प्रशिक्षक प्याट्रिक डी वाइल्ड नेतृत्वको २१ सदस्यीय नेपाली राष्ट्रिय महिला फुटबल टिम उज्बेकिस्तानमा रहेको छ ।  

    नेपाली टिम:

    गोलकिपर: अन्जिला तुम्बापो सुब्बा, उषा नाथ र अञ्जना राना मगर ।
    डिफेन्डर:  गीता राणा, निशा थोकर, समीक्षा घिमिरे, मनमाया दमाई, प्रतिक्षा चौधरी, विमला विक, पूजा राणा र अमृता जैशी ।
    मिडफिल्डर: विमला चौधरी, अनिता बस्नेत, रेणुका नगरकोटे, प्रीति राई, सरु लिम्बु, सविता राना मगर र सरस्वती हमाल ।
    फरवार्ड: सावित्रा भण्डारी, रश्मी कुमारी घिसिङ, चन्द्र भण्डारी, अनिता केसी र रेखा पौडेल ।  

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।