Logo

२०८३, आश्विन १०गते


images
images

बिग ब्युटिफुल बिल

ट्रम्पले गरे बहुचर्चित 'बिग ब्युटिफुल बिल' मा हस्ताक्षर, बन्यो कानुन

ट्रम्पले गरे बहुचर्चित 'बिग ब्युटिफुल बिल' मा हस्ताक्षर, बन्यो कानुन

images
  • ट्रम्पले गरे बहुचर्चित 'बिग ब्युटिफुल बिल' मा हस्ताक्षर, बन्यो कानुन
    images
    images

    काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कर र खर्च कटौती गर्ने बहुचर्चित 'बिग ब्युटिफुल बिल' मा हस्ताक्षर गरेका छन् । यससँगै यो बिल अब कानून बनेको छ ।

    images
    images
    images

    यस बिलमा हस्ताक्षर गर्न एक विशेष समारोह आयोजना गरिएको थियो । यस अवधिमा धेरै लडाकु जेटहरू आकाशमा स्टिल्थ बी-२ बमवर्षकहरूसँगै उडेका थिए ।

    images
    images
    images

    यो बिल यसअघि शुक्रबार अमेरिकी संसदको तल्लो सदनले पारित गरेको थियो । विधेयकको समर्थनमा २१८ जनाले मतदान गरे भने विपक्षमा २१४ जनाले मतदान गरेका थिए । ट्रम्पको आफ्नै पार्टीका दुई सांसद थोमस मेसी र ब्रायन फिट्जप्याट्रिकले यस बिलको विपक्षमा मतदान गरेका थिए । 

    images
    images
    images

    यो बिल अमेरिकी संसदको माथिल्लो सदन सिनेटमा ३ दिनअघि मात्र ५०-५१ को साँघुरो अन्तरले पारित भएको थियो । सिनेटमा यस बिलमा मत बराबर भएपछि उपराष्ट्रपति जेडी भान्सले यस बिलमा निर्णायक मतदान गर्नुपरेको थियो । 

    मस्कले यस बिलका बारेमा कडा प्रतिक्रिया दिदै आएका छन् । उनले ट्रम्पको यो विधेयकले अमेरिकामा लाखौं रोजगारी समाप्त गर्ने र देशलाई ठूलो रणनीतिक क्षति पुर्‍याउने बताउदै आएका छन् ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।