काठमाडौं । सु-प्रशिद्द गायिका मेलीना राई र श्रीकृष्ण क्षेत्रीको स्वरमा बिदुर गिरीको 'राम हो झुमा हो' बोलको म्युजिक भिडियो रिलिज भएको छ । आजै रिलिज भएको उक्त भिडियो छत्रभुमी म्युजिक प्रालिले बजारमा ल्याएको हो ।
बिदुर गिरिको शब्द रहेको गीतमा श्रीकृष्ण क्षेत्रीले संगित दिएका छन भने प्रीज्मा रेकर्डिङले उक्त गीतको रेकर्ड गरेको छ ।
गाउँमै काम गर्नुपर्छ अनि आफ्नै गाउँठाउँमा रमाउनुपर्छ भन्ने सन्देश बोकेको उक्त म्युजिक भिडियोमा गीता ढुङ्गाना र सुनील क्षेत्रीले अभिनय गरेका छन । जसलाइ राम केएसीले निर्देशन गरेका छन ।
गुल्मी स्थायी घर भएका गिरि सानैबाट गीत, कविता एवं गजल लेख्ने भएपनि प्रकाशनमा आएको गीत भने यो पहिलो भएको र आगामी दिनमा अरु पनि गीत बजारमा ल्याउने तयारी गरिरहेको गिरिले सेतोमसीलाइ बताए ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology