काठमाडौँ । शिक्षमन्त्री रघुजी पन्त्रले विद्यालय शिक्षा विधेयकमा सहमतिका लागि अझै केहि समय मागेका छन् । आइतवार शुरु भएको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा शिक्षामन्त्री पन्तले अझै सरोकारवालाहरुसँग केहि विषयमा सहमति जुटाउन बाँकी रहेकोले केहि समय आवश्यक रहेको धारणा राखेका छन् ।
मन्त्री पन्तले अझै केहि समय मागेपछि आजपनि विद्यालय शिक्षा विधेयक आज पनि पारित हुने विषयमा अन्योलता बढेको छ । मन्त्री पन्तको प्रस्तावपछि सांसदहरुले सरकारले विभिन्न बहाना बनाएर विधेयकमा जुटेको सहमति समेत परिवर्तन हुने आशंका बढेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् ।
यस अघि गत सोमबारनै विधेयक पारित गर्ने तयारी गरिएको भएपनि अन्तिम समयमा शिक्षामन्त्री रघुजी पन्तले विद्यालय शिक्षा विधेयकमा केही विषयमा सहमति हुन बाँकी रहेकाले बैठक स्थगित गर्न आग्रह गरेपछि समितिको बैठक कुनै निर्णय नगरी स्थगित गरिएको थियो ।
सरकारले आन्दोलनरत शिक्षकहरुसँग असार १५ गतेसम्म विधेयक पारित गर्ने सहमति गरेको भएपनि सो समयमा समितिमै यो विधेयक टुंगोमा पुग्न सकेको छैन ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology