Logo

२०८३, आश्विन ९गते


images
images

स्वास्थ्य

आन्दोलनमा चिकित्सक, आकस्मिकबाहेकका सेवा बन्द

आन्दोलनमा चिकित्सक, आकस्मिकबाहेकका सेवा बन्द

images
  • आन्दोलनमा चिकित्सक, आकस्मिकबाहेकका सेवा बन्द
    images
    images

    काठमाडौँ । चिकित्सकहरुले आज बिहानदेखि सबै अस्पतालको सेवा ठप्प पारेका छन् । नेपाल चिकित्सक संघ, कार्यकारिणी समितिको आकस्मिक निर्णय भन्दै उनीहरुले इमर्जेन्सी सेवाबाहेक सबै सेवा स्थगित गरेर आन्दोलनमा उत्रिएका छन् ।

    images
    images
    images

    हालको विषम परिस्थितिमा चिकित्सकहरुलाई निरुत्साहित पार्ने काम भएको,असुरक्षित वातावरण सिर्जना गरिएको ठहर गर्दै नेपाल चिकित्सक संघले विभिन्न चरणमा आन्दोलनका कार्यक्रम सार्बजनिक गरेको छ । संघले स्वास्थ्य संस्थामा आकस्मिकबाहेकका सबै सेवा बन्द गर्ने र आगामी असार २४ गते मंगलबार मेडिकल काउन्सिलमा प्रमाणपत्र बुझाउने लगायतका कार्यक्रम तय गरेको छ । त्यस्तै संघले चिकित्सकहरुलाई हतोत्साहित पारिएको र असुरक्षाको वातावरण सिर्जना गर्ने कार्य भएको निष्कर्ष निकाल्दै आन्दोलनका कार्यक्रम सार्बजनिक गरेको छ ।

    images
    images
    images

    शुक्रबार सबै जिल्ला प्रशासन कार्यालयलाई ज्ञापनपत्र बुझाइएको थियो भने हिजो सबै अस्पतालमा चिकित्सकहरुले एक घण्टा धर्ना दिएका थिए । 

    images
    images
    images

    उपभोक्ता अदालतका कारण मेडिकल क्षेत्र थप असुरक्षित भएको ठहरसहित संघको शुक्रबार सम्पन्न सर्वपक्षीय बैठकले आन्दोलनको कार्यक्रम तय गरेको थियो । 

    आन्दोलनमा एसोसिएसन अफ प्राइभेट मेडिकल एण्ड डेन्टल कलेज, अफिन, एपोन, केमसन, नेपाल नर्सिङ एसोसिएसन, नेपाल फिजियोथेरापी एसोसिएसन, नेपाल भेटेरिनरी एसोसिएसन, एनाभीएमआईए, एनपीएचओ ऐक्यबद्धता जनाएका छन् ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।