Logo

२०८३, कार्तिक २९गते


images
images

संसदीय सुनुवाइ

संसदीय सुनुवाइ समितिबाट प्रस्तावित तीन न्यायाधीश र न्याय परिषद सदस्यको अनुमोदन

संसदीय सुनुवाइ समितिबाट प्रस्तावित तीन न्यायाधीश र न्याय परिषद सदस्यको अनुमोदन

images
  • संसदीय सुनुवाइ समितिबाट प्रस्तावित तीन न्यायाधीश र न्याय परिषद सदस्यको अनुमोदन
    images

    काठमाडौँ । संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतका प्रस्तावित तीन न्यायाधीश र न्याय परिषद्को सदस्यको सुनुवाई अनुमोदन गरेको छ ।

    images
    images
    images

    सोमबार बसेको समितिको बैठकले प्रस्तावित न्यायाधीश वरिष्ठ अधिवक्ता मेघराज पोखरेल, उच्च अदालत जनकपुरका मुख्य न्यायाधीश श्रीकान्त पौडेल र उच्च अदालत दिपायलका मुख्य न्यायाधीश शान्तिसिंह थापाको नाम अनुमोदन गरेको हो । समितिले न्याय परिषद् सदस्यमा प्रस्तावित महेशकुमार नेपालको नाम पनि अनुमोदन गरेको छ ।

    images
    images
    images

    समितिले यसअघि प्रस्तावित न्यायाधीश र सदस्यको सुनुवाई गरेको थियो ।

    images
    images

    न्याय परिषदको जेठ २६ गतेको बैठकले सर्वोच्च अदालतको तीन न्यायाधीशमा वरिष्ठ अधिवक्ता मेघराज पोखरेल, मुख्य न्यायाधीश श्रीकान्त पौडेल र शान्ति सिंह थापालाई सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्तिका लागि सिफारिस गरेको थियो ।

    त्यस्तै  प्रधानमन्त्री केपी शर्मा ओलीले न्यायपरिषद्को सदस्यमा वरिष्ठ अधिवक्ता महेश नेपालको नाम सिफारिस गरेका थिए ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।