काठमाडौँ । संघीय निजामती सेवा विधेयकको ‘कुलिङ पिरियड’ मा गरिएको हेरफेर बारे छानबिन गर्न बन्ने संसदीय समितिका सदस्यको नाम टुंगिएको छ ।
सोमबार बसेको प्रतिनिधिसभाको कार्यव्यवस्था परामर्श समिति बैठकमा छानबिन समितिमा बस्ने सात जनाको नाम टुंगिएको सभामुखको सचिवालयले जानकारी दिएको छ ।
समितिमा काँग्रेसबाट जीवन परियार र सुशिला थिङ, नेकपा एमालेबाट ईश्वरी घर्ती र नारायण प्रसाद आचार्य, माओवादी केन्द्रबाट माधव सापकोटा, रास्वपाबाट गणेश पराजुली र राप्रपाबाट रोशन कार्की रहने भएका छन् ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology