Logo

२०८३, आश्विन ९गते


images
images

सगरमाथामा असल अभिभावकत्व सम्बन्धि प्रशिक्षण

सगरमाथामा असल अभिभावकत्व सम्बन्धि प्रशिक्षण

images
  • सगरमाथामा असल अभिभावकत्व सम्बन्धि प्रशिक्षण
    images
    images

    देवदह । सगरमाथा आवासीय माध्यमिक विद्यालयले असल अभिभावकत्व सम्बन्धि प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ । विद्यालयको कक्षा ६ देखि १० सम्म अध्ययन गर्ने विद्यार्थीका अभिभावकलाई प्रशिक्षण दिएको जनाएको छ । 

    images
    images
    images

    प्रशिक्षणको औपचारिक समारोहमा बोल्दै देवदह नगरपालिकाका प्रवक्ता गणेश डुम्रेले अभिभावकले बालबालिकालाई साधन होइन, समय दिनुपर्ने बताए । नैतिक र व्यावहारिक शिक्षामा जोड दिंदै उनले योग-साधनाजस्ता कार्यमा बालबालिकाको रुची जगाउनुपनि अभिभावकको दायित्व हुने विचार व्यक्त गरे । 

    images
    images
    images

    विद्यालयका प्राचार्य कृष्ण प्रसाद पौडेलले असल विद्यार्थीको स्रोत नै असल अभिभावक हुने बताए । उनले विद्यालयले अभिभावक शिक्षालाई निरन्तरता दिने प्रतिबद्धता जनाए । 

    images
    images
    images

    कार्यक्रममा १५० जना अभिभावकलाई प्रशिक्षक भीष्ममणि पाण्डेले प्रशिक्षित गरेका थिए । 

    विद्यालय व्यवस्थापन समितिका अध्यक्ष डिल्लीराज मरासिनीको अध्यक्षता रहेको कार्यक्रमको संचालन सह-प्राचार्य प्रदीप अधिकारीले गरेका थिए । 

    कक्षा ५ सम्मका अभिभावकलाई यसअघि नै प्रशिक्षित गरिसकेको विद्यालयले साउन ४ गते कक्षा ११ र १२ का अभिभावकहरूलाई प्रशिक्षण दिने जनाएको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।