बुटवल । रुपन्देहीको मर्चवारी गाउँपालिका–३ का वडा अध्यक्ष जनार्दन यादव तीन लाख रुपैयाँ घुससहित पक्राउ परेका छन् ।
अख्तियार दुरूपयोग अनुसन्धान आयोगको बुटवल कार्यालयबाट गएको टोलीले अध्यक्ष यादवसहित दुई जनालाई सोमबार नियन्त्रणमा लिएको हो ।
आयोगका अनुसार वडाका विभिन्न योजनाहरूको निर्माण कार्य सम्पन्न भएपछि भुक्तानी सिफारिस गर्ने क्रममा सेवाग्राहीसँग घुस मागिएको थियो ।
योजनार्थ सेवाग्राहीसँग मागिएको रकम गणेश ट्रेडिङका सञ्चालक विपिनकुमार पाण्डे मार्फत लिइँदै गर्दा अख्तियारले दुबै जनालाई रंगेहात पक्राउ गरेको हो ।
पाण्डेले घुस रकम लिइसकेको अवस्थामा आयोगले दुबैलाई नियन्त्रणमा लिएको जनाएको छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology