Logo

२०८३, कार्तिक २९गते


images
images

मौसम

देशभर मनसुन सक्रिय, भारी वर्षाको सम्भावना

देशभर मनसुन सक्रिय, भारी वर्षाको सम्भावना

images
  • देशभर मनसुन सक्रिय,  भारी वर्षाको सम्भावना
    images

    काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव कायम रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपासमा रहेकाले देशका अधिकांश भागमा बादल तथा वर्षाको अवस्था देखिएको छ ।

    images
    images
    images

    लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहँदा बाँकी भू–भागमा आंशिक बदलीदेखि मुख्यतया सफा मौसम छ । कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

    images
    images
    images

    आज दिउँसो पनि देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । सबै प्रदेशका पहाडी भू–भागका केही स्थानमा तथा अन्य स्थानका थोरै भागमा मेघगर्जन–चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । कोशी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने पूर्वानुमान छ । उच्च पहाडी तथा हिमाली क्षेत्रमा हल्कादेखि मध्यम वर्षा र हिमपातसमेत हुनसक्ने सम्भावना महाशाखाले जनाएको छ ।

    images
    images

    महाशाखाले आगामी २४ घण्टा वर्षाका कारण भू–क्षय, बाढी, पहिरो र गेग्रान बहावको जोखिम बढ्ने देखिएकोले सतर्कता अपनाउन आग्रह गरेको छ । शहरी तथा तराई क्षेत्रहरूमा डुबान, नदी–नाला तथा खोलामा पानीको सतह बढ्ने, जन–जीवन, कृषि, स्वास्थ्य, पर्यटन, निर्माण कार्य, सडक तथा हवाई यातायातमा असर पर्ने सम्भावना रहेकाले आवश्यक सतर्कता र पूर्वतयारी गर्न महाशाखाले अनुरोध गरेको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।