Logo

२०८३, कार्तिक २९गते


images
images

संसद

संघीय संसदका दुबै सदनको बैठक बस्दै

संघीय संसदका दुबै सदनको बैठक बस्दै

images
  • संघीय संसदका दुबै सदनको बैठक बस्दै
    images

    काठमाडौँ । संघीय संसदअन्तर्गत प्रतिनिधि सभा र राष्ट्रिय सभाको बैठक आज बस्दैछ । संघीय संसद सचिवालयका अनुसार प्रतिनिधि सभाको बैठक दिउँसो १ बजे र राष्ट्रिय सभाको बैठक १:१५ बजेबाट सुरु हुनेछ ।

    images
    images
    images

    प्रतिनिधि सभाको आजको बैठकमा शिक्षामन्त्री रघुजी पन्तले राष्ट्रिय सभाबाट उत्पत्ति भएको तिलगंगा नेत्र विश्वविद्यालय विधेयक, २०८१ माथि विचार गरियोस् भन्ने प्रस्ताव पेश गर्ने कार्यसूची रहेको छ । त्यसैगरी श्रममन्त्री, उद्योगमन्त्री, खेलकुद मन्त्री र उर्जामन्त्रीले सांसदहरूले सोधेका प्रश्नहरूको जवाफ दिने कार्यक्रम पनि रहेको छ ।

    images
    images
    images

    यता राष्ट्रिय सभाको बैठकमा शिक्षामन्त्री पन्तले सांसदहरूका प्रश्नको उत्तर दिने कार्यसूची रहेको छ भने उर्जामन्त्री दीपक खड्काले जलस्रोत विधेयक–२०८१ माथि विचार गरियोस् भन्ने प्रस्ताव पेश गर्ने तयारी गरिएको छ ।

    images
    images

    आज दुवै सदनमा मन्त्रिपरिषदका विभिन्न सदस्यहरूले महत्वपूर्ण विधेयक प्रस्तुत गर्नुका साथै सांसदहरूको जिज्ञासामा उत्तर दिने कार्यक्रम रहेको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।