Logo

२०८३, कार्तिक २९गते


images
images

सिद्धबाबा नजिक पहिरोले बगाउँदा एकको मृत्यु, एक घाइते

सिद्धबाबा नजिक पहिरोले बगाउँदा एकको मृत्यु, एक घाइते

images
  • सिद्धबाबा नजिक पहिरोले बगाउँदा एकको मृत्यु, एक घाइते
    images

    बुटवल । पाल्पाको दोभान–३ सिद्धबाबा मन्दिर नजिक मोटरसाइकलमा सवार एक दम्पतीलाई पहिरोले बगाउँदा चालकको ज्यान गएको छ भने उनकी श्रीमती घाइते भएकी छन् ।

    images
    images
    images

    मंगलबार दिउँसो बुटवलबाट पाल्पातर्फ जाँदै गरेको लु ५१ प ६६३३ नम्बरको मोटरसाइकलमा सवार पाल्पा रामपुर नगरपालिका–६ तालपोखरा घर भएका जनक भण्डारीको घटनास्थलमै मृत्यु भएको हो । उनीसँगै पछाडि बसेकी श्रीमती कल्पना चापागाईं घाइते भएकी छन् ।

    images
    images
    images

    दिउँसो करिब ४ बजेतिर एकाएक माथिबाट खसेको पहिरोले मोटरसाइकल चालक जनकलाई ठक्कर दिँदा उनी उछिट्टिएर करिब २९ मिटर तल तिनाउ खोलाको किनारमा पुगेका थिए । उनलाई तत्काल उद्धार गरी अस्पताल लैजाने प्रयास गरिए पनि बाटोमै मृत्यु भएको प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलले जनाएको छ ।

    images
    images

    घाइते कल्पनाको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचार भइरहेको छ । चिकित्सकका अनुसार उनको अवस्था सामान्य रहेको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।