Logo

२०८३, आश्विन १०गते


images
images

टेक्सास बाढी

टेक्सास बाढी: ११० जनाको मृत्यु , १६१ भन्दा बढी अझै बेपत्ता

टेक्सास बाढी: ११० जनाको मृत्यु , १६१ भन्दा बढी अझै बेपत्ता

images
  • टेक्सास बाढी: ११० जनाको मृत्यु , १६१ भन्दा बढी अझै बेपत्ता
    images
    images

    काठमाडौँ । अमेरिकाको टेक्सासमा आएको बाढीमा मृत्यु हुनेको संख्या निरन्तर बढिरहेको छ । अधिकारीहरूले राज्यमा कम्तिमा ११० जनाको मृत्यु भएको र दर्जनौं बेपत्ता भएको पुष्टि गरेका छन् । 

    images
    images
    images

    टेक्सासको केर काउन्टीमा मात्र ८७ जनाको मृत्यु भएको छ । जसमा ५६ वयस्क र ३१ बालबालिका रहेको बताइएको छ ।

    images
    images
    images

    केर काउन्टी सबैभन्दा बढी प्रभावित भएको छ, तर टेक्सासका अन्य काउन्टीहरूमा पनि मृत्यु भएको छ, जसले गर्दा राज्यमा मृत्यु हुनेको कुल संख्या कम्तिमा ११० पुगेको छ । सिएनएनका अनुसार केर काउन्टीमा १६१ जना बेपत्ता रहेका छन् । यस बाहेक अन्य स्थानमा पनि कैयौं बेपत्ता रहेको उल्लेख गरिएको छ । 

    images
    images
    images

    बाढीले केर काउन्टी बाहेक मध्य टेक्सासका बान्डेरा, कोमल, कोन्चो, गिलेस्पी, केन्डल, किमबल, लानो, मेसन, म्याककुलो, मेनार्ड, रिभ्स, सान साबा र टम ग्रीन क्षेत्र बढी प्रभावित रहेको बताइएको छ । 

    प्रशासनले बाढी प्रभावित क्षेत्रमा ठूलो मात्रामा खोजी कार्य भइरहेको र अहिलेसम्म आठ सय भन्दा बढीको उद्धार गरिएको जनाएको छ । त्यस्तै बेपत्ताको खोजीका लागि ठुलो संख्यामा सुरक्षाकर्मी परिचालन गरेको बताइएको छ । 

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।