Logo

२०८३, श्रावण २७गते


images
images

यात्रा संस्मरण

दुराडाँडा देखी घलेगाँउ लमजुङ यात्रा 

दुराडाँडा देखी घलेगाँउ लमजुङ यात्रा 

images
  • सेतोमसी सहकर्मी
  • दुराडाँडा देखी घलेगाँउ लमजुङ यात्रा 
    images
    images

    तिहार लागिसकेको छ । बजारमा चहलपहल बडिसकेको छ । सरकारले घुम्न होइन पर्व मनाउनका लागि क्यालेण्डरका अंकहरुमा रातो दलदिएको छ । धादिङबाट कल आउछ सर घले गाँउ घुमाइदिनु पर्यो । म भन्छु, ‘घले गाँउ त घुम्नेकी तर पहिला दुराडाँडा नी घुम्नुपर्छ । लमजुङ आउदा दुराडाँडा नपुगे त तपाईको यात्रा पुरा भएकै मानिदैन । यसको इतिहास लामो छ । र, सौन्दर्य फरक छ सर । एकताका त काशीमा जस्तै दुराडाँडा गएपछि विद्याआर्जन गर्न पाइन्छ भन्ने मान्यता थियो । अझ यो त दुराहरुको बस्ती भएको ठाँउ हो । यसको सबै महत्व त म यहि आएपछि बताउछु  ।’

    images
    images
    images


    भोलीपल्ट साँझ दश जनाको जत्था बाइकमा कहिले बाटो भुल्दै कहिले लड्दै मेरो होममा स्टे गर्न  ढीलो गरेर आइपुग्छ । उनीहरु थाकेर लखतरान छन तर अनुहारमा भोली त दुराडाँडा र घलेगाँउ घुम्न पाईन्छ भनेर छुट्टै औरा छ । म केही पुराना केही नयाँ अनुहारसगँ भेट हुदाँ दङ्ग छु । उनीहरु मैले देखाएको सदाशयतामा कृतज्ञ छम भनेर बारम्बार दोहोर्याइरहन्छन । उनीहरुलाई चिन्दा मलाई अंग्रेजी कविताका पिता मानिने जेफ्रि चेसरको कालजयी कृति क्यान्टिवेरी टेल्सको याद आउँछ । चेसरको क्यान्टिवेरी सम्मको तिर्थ यात्रामा समावेशी जत्था थियो । कोही भिक्षु थिए । कोही व्यापारी थिए, कोही न्यायाधिस, कोही डक्टर, कोही कुक, सेलर र सिकर्मी थिए । हाम्रो यात्रा यस अर्थमा रोमाञ्चक हुने वाला थियो की यसमा कोही शिक्षक थिए, कोही स्कुलका सञ्चालक थिए, कोही व्यापारी थिए , कोही गाडीको मिस्त्री थिए, व्याङ्कका कर्मचारी थिए, विमा कम्पनिका एजेन्ट थिए । ठेकदार थिए । अझ एउटा रमाइला भाई त चालक थिए । 

    images
    images
    images

     

    images
    images
    images

    घलेगाँउ पुगेपघि धेरै समय त मानिसहरु फोटो खिच्नमै व्यस्त हुन्छन । कति टेकमा बल्ल राम्रो  फोटो आयो भनेर हाँसो व्यक्त गर्छन । साथी राजकुमारलाई फोटोग्राफरको जिम्मा छ । उनी पोज मिलाउदै प्रकृति र हामी दुबैको फोटो खिच्दै छन ।


    अर्को दिन विहानै एघार जनाको टोली चियानपाटा जान्छ । सबै बाइकमा छन् । बाटो अप्ट्यारो छ । यात्राका आफ्नै नियम हुन्छन तर स्वतन्त्रता र वाइल्ड हुनु यसका नैसर्गिक गुण नै हुन । यस्ता यात्रामा यात्रीले आफैलाई चुनौति दिन्छ । 

    1637042759040_1637042708166_1637042695265_1637042630422_IMG-de945292cb6c07717c8d1b2b01cd5407-V.jpg
    चियानपाटा टेक्ने वित्तिकै घामको झुल्का जमिनमा परेको छ । उत्तर तिर देखिने मनास्लु (८१६३ मि),हिमाल चुली (७,८९३ मि.पूर्व ) र लमजुङ हिमाल देखेर साथिहरु दङ्ग छन् । दुराडाँडाको हव चियानपाटा, चियानपाटाको हव खजे पार्क । चियानपाटाको खेल मैदान माथि खजेदुराको शालीक छ र यसले भन्नलाइ एउटा ठुलो इतिहास बोकेको छ–लमजुङ्गेहरुले कालु शाहलाइ आफ्नो राजा बनाएपछि घले मुखियाहरुले छल गरेर बाग्लुङ्गपानी माथि पर्ने सिं सिं भन्ने ढुङ्गामा पुगेका बेलामा धनुबाट बाण छोडी मारे रे । त्यसपछि  राजा मारेको झोकमा लमजुङ्गका जनप्रतिनिधिहरु पुनः कास्की पुगी पुत्रशोकमा परेका राजालाइ फुल्याई यशोब्रह्म शाहलाई मागेर ल्याए रे । लमजुङ्गेहरुको आग्रह अनुसार कुलमण्डन शाहले कान्छो छोरा यशोब्रह्म शाहलाई लमजुङ्गेको साथ पठाएको हुनाले यशोब्रह्म शाहलाई १५९५ मा लमजुङ्गको राजगद्दीमा राखेका थिए भनिन्छ । यिनै खजे दुराले चाँदीको जावीमा बालक राजालाइ राखी कास्की देखि यहाँसम्म ल्याएका थिए रे । त्यो बालकलाई ल्याएर रातामाटे भन्ने डाँडाको ठुलो ढुुङ्गामाथि ती साना बालकलाई राजा मानी सिन्दुरजात्रा गरेकोले हालसम्म पनि उक्त ढुुङ्गा सिन्दुरे ढुङ्गा र गाँउ ंसिन्दुरे बनेको रे । खजे दुराको समाधि स्थल यही चियानपाटाको थुम्को हो र उनको अस्तु र आत्मा यही रहेको दुराहरुको विश्वास छ ।  यिनकै सम्मानमा खजे पार्क बनाइ राखिएको छ । प्रत्येक वर्ष कार्तिक २१ गते खजेदुरा स्मृति दिवस मनाइन्छ ।   

    1637042635560_IMG-ce009f9729b1fc6dbff2a271824335c6-V.jpg
    हामी खजे दुरा र हिमाललाई पृष्ठभुमिमा राखेर फोटो खिच्दै थियौं । मलाइ थाहा छ यी तस्विरहरुले पछि इतिहास भन्नेछन् । जसरी पुराना फोटोहरुले अहिले हामीलाई इतिहास भनेका छन् । छिट्टै हामी बाइकको ठुलो आवाज निकाल्दै मुल बाटो बाट तल अर्चल्यानी तिर झछौ । अर्चल्यानी पुग्ने बेला म अगाडी बडेर सबैलाई रोक्छु । अव उनीहरुलाई म हलो क्रान्तिका बारेमा सुन्नुभाछ कसैले भनेर सोध्छु । उनीहरु सुन्न त सुनेको तर धमिलो याद मात्र बाकी रहेको भन्छन । म भन्छु– वाहुनहरुले हलो जोतेर २००६ श्रावण ११ गते क्रान्ति गरेको ठाँउ यही हो । यसका अभियान्ता पं. तोयनाथ अधिकारीले जातिगत विभेद हटाउन र समतामूलक समाज निर्माण गर्न आफ्ना २७ जना ब्राह्मण भाईभारदार लिएर बाटेगरामा हलो जोति हलोक्रान्ति गरेका थिए । साथिहरु भन्दै थिए, अव यो ठाँउ र घटना विर्सिदैन । मान्छेले किताबमा पढेको पो छिटो विर्सन्छ , देखेको कहाँ सजिलै विर्सन्छ । घुम्नु भनेको आखिर पढ्नु पनि त हो नी । हाम्रो जत्था अगाडि बड्छ सुन्दरबजार, सिउडीबार, भोटेबडार, उदिपुर ,दलाल हुदै मस्र्याङ्दी नदीको सौन्दर्य नियाल्दै वेशिसहर पुग्छ । वेशिसहर लमजुङको सदरमुकाम हो । यो मस्र्याङ्दी नदीको किनारमा समुन्द्र सतहबाट जम्मा ७६० मिटरको उचाइमा समतल फाँटमा रहेको छ । पहिला लमजुङको सदरमुकाम कुन्छा थियो २०२८ सालमा विभिन्न कारण देखाई बेशिसहर सारियो । लमजुङ मनाङ जिल्ला जाने द्धार पनि हो र अन्नपूर्ण सर्किटको पदयात्राका लागि पनि प्रशिद्ध छ ।
     हाम्रो टाली अब बेशिसहर,बाग्लुङपानी, कपुरगाँउ हुदै करिब ३ घण्टाको हुइकाइमा घलेगाँउ पुग्छ ।थाकेका ज्यानहरु घलेगाँउको सौन्दर्यमा मन्त्रमुग्ध छन् । करिब २१०० मिटरको उचाँइमा रहेको घलेगाँउ पर्यटन विकासका लागि एसियाको सार्क मोडेल अनुसान विकास गरिएको स्मार्ट भिलेज हो । सार्क मोडेलको मापदण्डमा घलेगाँउलाई सातौं नम्बरको श्रेणीमा राखिएको छ । गाँउको सौन्दर्य बडाउन यहाँ कुनै कसुर बाकि राखिएको छैन । सुन्दर पार्क निर्माण गरीएको छ । भ्यु टाउर निर्माण गरीएको छ, फूलहरु रोपिएको छ, लगभग सबै घरका छानाहरु एउटै देखिन्छ, सफा र जहिल्यै ताजा देखिन्छ । होमस्टेहरु छन, अर्गानिक उत्पादन गरेको बारीहरु छन । चिया रोपिएको छ ।

    1637042640556_IMG-2767c0221b24abbb895c1f07e7cacd3a-V.jpg

    घलेगाँउ पुगेपघि धेरै समय त मानिसहरु फोटो खिच्नमै व्यस्त हुन्छन । कति टेकमा बल्ल राम्रो  फोटो आयो भनेर हाँसो व्यक्त गर्छन । साथी राजकुमारलाई फोटोग्राफरको जिम्मा छ । उनी पोज मिलाउदै प्रकृति र हामी दुबैको फोटो खिच्दै छन । बाटोमा झोलामा लगेको उखु र केरा खाँदै जादा पनि भोकले लखतरान बनाएको छ । पछि खाना खादा साथिहरु थपखाना र सुरुको खाना एकैचोटि ल्याउनुस् भन्दै हाँसो गर्छन् । खाना खादा दुई बजिसकेको छ । यात्रा भुजुङसम्मको छ । अब यात्रा अझ साहासिक हुने वाला छ । घलेगाँउबाट भुजुङ भनेको ४५ मिनेटको यात्रा हो । यो अल्ली साहासिक यात्रा हो । ओरालो बाटो, बाटामा डल्ला ढुङ्गाहरु र पानीका रहहरुले कहिले बाइक चिप्लेला जस्तो छ, कहिले ढुङ्गामा ठोक्कीएको छ । एकै छिनमा हामी भुजुङमाथिको स्कुलको चौरमा जम्मा हुन्छौं । यात्रामा निस्कनु भनेको घरबाट टाढा हुनु हो, घरबाट टाढा हुनु भनेको स्वतन्त्र हुनु हो । स्वतन्त्र हँुदा मान्छे मात्छ । ऊभित्र दविएर रहेको दमित आकाङ्क्षा प्रश्फुटन हुन्छ । त्यसैले मान्छे यात्रा गर्न मन पराउछ । साथीहरु छिल्लीएका छन् कहिले सिल्लीएका छन् । सानो लडाई, चोटपटक, हाँसो, घोचपेच, छाडापन र निर्लज्यता यात्राका गहना हँुदा रहेछन् । सायदः यसैलेनै यात्रालाई रोमाञ्चक र शाहासी वनाउने होला । भुजुङ पुग्दा हाम्रो मोबाइलको घडीले जम्मा चार बजेको देखाएको छ तर झमक्कै साझ पर्ला जस्तो भएको छ । 


    हामीलाई घले गाँउका हामीले दिउसो खाना खाएको घरको साहुले भुजुङ जानुभो भने लामो घर जानुहै भन्दै थिए । हामी घर खोज्दै गयौ । गाँउको वस्ती गुचमुच्च छ । घरहरु यति वाक्ला छन की तेतै हराइएला जस्तो । पहिला पहिला सुनिन्थ्यो पाँच सय घरधुरी भएको एउटै गाँउ एउटै वडा हो भुजुङ तर वकिपीडियाले जम्मा ३३९ घरधुरी देखाउँछ । गाँउमा छिरेपछि यसको सौन्दर्य वर्णन गरीसाध्य छैन । ढुङ्गै ढुङ्गैले बनेका लगभग उस्तै घरहरु सानो आगन र गल्ली वाहेक खुल्ला ठाउनै छैन । काठमाण्डौंको असनमा भन्दा वडि गुचमुच्च छन घरहरु । गाँउभन्दा तल बेशी मा धान खेती गरीएको रहेछ । खेतीपाती ओसार्न रोप वोको व्यवास्था गरीएको रहेछ । कृषि फर्म, माछा पालन र चिया वगैचा यहाँका प्रसिद्ध आकर्षण रहेछन् ।  हामी बल्लबल्ल लामो घर पत्ता लगाएर जादा त्यो घरको आगनमा मान्छेको भिड थियो । प्रशिद्ध गायिका निर्सना गुरुङ उनको गितमा भिडियो बनाउन व्यस्त रैछिन । बेलुका रोधि गितमा भिडीयो बनाउने कार्यक्रम रै’छ । 

    1637042645739_IMG_20211113_171739.jpg
    हामीलाई लामो घरबाट होमस्टे नम्वर १६ मा पठाइन्छ । होमस्टेमा चिया खाएर सक्दा साथीहरु तास खेल्ने भनेर तम्सीदै छन । होमस्टेका बा र आमा लगभग उमेरले साठ्ठी माथिका छन् तर जोस जागरका साथ पकाउनमा व्यस्त छन । एकै छिनमा उनले लोकल कुखुराको भाले ल्याएर भुट्न थालीहाल्छन् । भटमास र अचार ल्याएर टक्रर्याउछन । मनलाग्ने साथिहरु तातो लोकल रक्सीको माग गर्दंै छन । कोही यसको महिमाका बारेमा बताउदै छन । विजय सर, जो हाम्रो टिमको क्याप्टेन हुनुहुन्छ, साद्गी जिन्दगी विताउनुहुन्छ, लामो दाह्री पाल्नुभएको छ र विज्ञानको ज्ञाता हुनुहुन्छ, वाइनको गिलास अगाडी छ र पनि मुखमा पटक्कै लानुहन्न, यसका फाइदाका बारेमा वताउदै हुनुहुन्थ्यो । कोही चिसो मगाउदै छन् । यी अल्कोहलीक पदार्थ थोरै खादा असल गुणले भरिपूर्ण छ भनिरहदा मलाइ ग्रीक कवि युवोलुसको नाटकको कुनै भागमा भनिएको एउटा अंशको याद अाँउछ – असल मानिसका लागि जम्मा म तीन जग वाइन बनाउछु । पहिलो जग स्वास्थ्यका लागि दोस्रो प्रेम र आनन्दका लागि र तेस्रो नीन्द्राका लागि । त्यसपछि असल मानिसहरु घर जान्छन् । चौथो मेरा लागि होइन यो नराम्रो व्यवाहारका लागि हो । पाँचौ चिच्याउनका लागि हो, छैंटौ अपमान र रुखोपनका लागि हो । सातौ झगडाका लागि, आठौं तोडफोडका लागि नवौं डिप्रेसनका लागि र दसौं जगचाहि पागलपन र अर्धचेतनका लागि ।

     

    खाइसक्दा मलाइ थाहा लाग्यो साथीहरु मिठो निन्द्राका लागिमात्र यस्तै अवसरमा मात्र पिउने र'छन । 
    हामी खाना खाएर सुत्दा दश बजेको छ । भोली पल्ट विहान चिया खाएर विदाइ हुला होमस्टेकी आमाले उनीहरुको चलन अनुसार सेतो टिका र फूल कानमा राखेर विदाइ गर्दा सबैजना भावुक देखिन्थे । हामीलाई कोशेलीको रुपमा एक एक पोका लोकल उत्पादन चिया दिइन्छ । विहानको ताजा मौसममा सबैका अनुहार राम्रा र फुर्तिला देखिन्छन । फोटोहरु पनि राम्रा आएका छन भन्दै हामी फर्किन्छौं । 


    भोलीको भाइटिका आज जसरी नी दिदि बैनीलाइ भेट्नुपर्छ भनेको मधुरो आवाज ग्रुपमा सुनिदै थियो । विशेषः गरी टाढाका साथीहरु आत्तिदै थिए । वेशिसहर आएपछि साथीहरु कोही साथीहरु विदा भए भने कोही लमजुङ दरबार तिर लागे ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # लमजुङ
  • # घलेगाँउ
  • सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।