Logo

२०८३, कार्तिक २९गते


images
images

मौसम

मनसुनी वायु सक्रिय : डुबान, बाढी र पहिरोको खतरा

मनसुनी वायु सक्रिय : डुबान, बाढी र पहिरोको खतरा

images
  • मनसुनी वायु सक्रिय : डुबान, बाढी र पहिरोको खतरा
    images

    काठमाडौं । देशभर मनसुनी वायुको प्रभाव सक्रिय रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा पूर्वी नेपालमा सरदर स्थानको आसपास तथा पश्चिमतर्फ सामान्य भन्दा उत्तरतिर सरेको छ ।

    images
    images
    images

    हाल बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा सामान्यतया बदली छ भने कोशी, मधेश र अन्य केही प्रदेशमा आंशिक बदलीसहित मौसम खुलेको छ । कोशी, कर्णाली र सुदूरपश्चिमका थोरै स्थानमा तथा अन्य केही स्थानमा मेघगर्जनसहित हल्का देखि मध्यम वर्षा भइरहेको छ ।

    images
    images
    images

    महाशाखाका अनुसार आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । देशका पहाडी भू-भागका केही स्थानमा र अन्य स्थानका थोरै भागमा मेघगर्जन, चट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना छ ।

    images
    images

    गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षा हुने पूर्वानुमान गरिएको छ । त्यस्तै, उच्च पहाडी र हिमाली भूभागका थोरै स्थानमा हल्का देखि मध्यम वर्षा वा हिमपातको सम्भावना पनि महाशाखाले जनाएको छ ।

    आगामी २४ घण्टामा सम्भावित वर्षाका कारण बाढी, पहिरो, डुबान र गेग्रान बहावको जोखिम रहने देखिएको छ । यसले शहरी तथा तराई क्षेत्र प्रभावित हुन सक्ने, ठूला–साना नदी, नाला र खोलामा पानीको सतह बढ्ने सम्भावना रहेको उल्लेख गरिएको छ ।

    साथै, दैनिक जनजीवन, कृषि, स्वास्थ्य, पर्यटन, निर्माण कार्य, सडक तथा हवाई यातायातमा असर पर्ने भएकाले सतर्कता र पूर्वतयारी अपनाउन महाशाखाले सबैलाई आग्रह गरेको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।