Logo

२०८३, आश्विन ९गते


images
images

लुम्बिनी प्रादेशिक अस्पतालमा आकस्मिक कक्षको क्षमता दोब्बर बनाइने

लुम्बिनी प्रादेशिक अस्पतालमा आकस्मिक कक्षको क्षमता दोब्बर बनाइने

images
  • लुम्बिनी प्रादेशिक अस्पतालमा आकस्मिक कक्षको क्षमता दोब्बर बनाइने
    images
    images

    बुटवल । लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा आकस्मिक कक्षको क्षमता दोब्बरले वृद्धि हुने भएको छ । मेडिसिन वेडको सङ्ख्या थप गरेर आकस्मिक सेवातर्फको क्षमता दोब्बरले वृद्धि हुनेगरी सेवा बिस्तारको काम भैरहेको अस्पतालका मेडिकल सुपेरिटेन्डेन डा. इन्द्र ढकालले जानकारी दिए ।

    images
    images
    images

    आकस्मिक सेवाका लागि आउने सेवाग्रीको सङ्ख्या अत्याधिक भएको र उक्त चापलाई मध्यनजर गर्दै सेवा बिस्तारका लागि संरचना निर्माणको काम अन्तिम चरणमा पुगेको उनले जानकारी दिए । आगामी असोज भित्र सञ्चालनका ल्याउने गरी थप ४५ वटा मेडिसिन बेडका लागि ट्रस्ट निर्माण, पाटेसन, शौचालय, रङ्गरोगन लगायत संरचनागत सुधारका कामहरु तीब्र रुपमा भैरहेको मेसु ढकालले जानकारी दिए । अस्पतालको आकस्मिक कक्ष रहेको भवनमा ट्रस्ट निर्माण गरी अहिले इन्टेरियरको काम भैरहेको छ । अस्पताल हाल ६० वटा आकस्मिक बेड तथा ४५ वटा मेडिसिन बेड रहेका छन् । 

    images
    images
    images

    आकस्मिक विभाग प्रमुख डा. सुनिलकुमार सुनारका अनुसार दैनिक १५० देखि २ सय जना बढी आकस्मिक स्वास्थ्य सेवाका लागि बिरामीहरु अस्पतालमा आउने गर्दछन् । त्यस मध्ये ७० प्रतिशत बढी बिरामीलाई मेडिसिन वार्डमा राखेर उपचार गर्नुपर्ने खालका हुने गरेको उनले बताए । मेडिसिन वार्डमा बेडको सङ्ख्या थोरै भएका कारण आकस्मिक कक्षमै एउटा बेडमा २÷३ जनासम्म राखेर उपचार सेवा दिनुपर्ने बाध्यता रहेको उनले बताए । ‘आकस्मिक कक्षमा तत्काल उपलब्ध गराउनु पर्ने स्वास्थ्य उपचारपछि मेडिसिन वार्डमा पठाउनु पर्ने भए पनि बेड अभावका कारण आकस्मिक कक्षमै हप्ता दिनसम्म पनि राख्नु पर्ने बाध्यात्मक अवस्था रहेको छ ।’–डा. सुनिलले भने, ‘अब मेडिसिन वार्डमा बेड सङ्ख्या थप भएपछि विगतको समस्या ५० प्रतिशत बढीले घट्ने अपेक्षा गरेका छौं ।’ मेडिसिन वार्डमा बेड सङ्ख्या थप भएसँगै अब बिरामीले भूँईमा बसेर सेवा लिनु पर्ने बाध्यताको अन्त्य हुने अपेक्षा गरिएको छ ।

    images
    images
    images

    अस्पतालमा आकस्मिक सेवातर्फ पनि विभिन्न ३ वटा रङ्गहरुमा विभाजन गरिएको छ । जस अन्तरगत तत्कालै उपचार दिनु पर्ने बिरामीलाई रातो अर्थात ‘रेड जोन’मा राखिन्छ भने मध्यम खालका बिरामीलाई हरियो अर्थात ‘ग्रीन जोन’ तथा सामान्य उपचारपछि घर पठाउन मिल्ने बिरामीलाई पहेलो अर्थात ‘एल्लो जोन’मा राख्ने गरिएको डा. सुनिलले बताए । यस बाहेक थप केही दिन उपचार सेवा उपलब्ध गराउनु पर्ने बिरामीलाई मेडिसिन वार्डमा पठाउने गरिन्छ । यद्यपी मेडिसिन वार्डमा बेड सङ्ख्या निकै कम भएका कारण आकस्मिक कक्षमै एउटा बेडमा ३ जनासम्म राखेर उपचार दिनुपर्ने बाध्यता रहेको हो । 

    लुम्बिनी प्रादेशिक अस्पताल बिकास समितिका अध्यक्ष अजयमान श्रेष्ठले आकस्मिक स्वास्थ्य सेवाका लागि आउने सेग्राहीको गुनासोलाई मध्यनजर गरी सेवा बिस्तारको काम अघि बढाइएको बताए । प्रयाप्त पूर्वाधार, जनशक्ति, उपकरण तथा प्रविधिको अभावका कारण स्वास्थ्य सेवाका कतिपय आधारभूत कुराहरु अझै नपुगेको बताउँदै उनले यसलाई पूर्णता दिनका लागि बिकास समिति प्रयासरत रहेको दाबी गरे । ‘हामीलाई उपलब्ध सीमित साधन स्रोतका बाबजुद पनि धेरैभन्दा धेरै र गुणस्तरीय स्वास्थ्य सेवाका लागि हाम्रो प्रयास हो । सोही प्रयास अनुसार अस्पतालको आकस्मिक स्वास्थ्य सेवा थप सहज हुनेगरी बेड सङ्ख्या थप गर्न लागिएको छ ।’–अध्यक्ष श्रेष्ठले भने, ‘विश्व स्वास्थ्य संगठनको मापदण्ड अनुसार पनि मेडिसिन बेड सङ्ख्याको ५ प्रतिशत आकस्मिक कक्षमा बेड हुनै पर्ने भन्ने छ, तर हामीकहाँ ठिक उल्टो छ । अब यसलाई सुधार गर्ने प्रयासमा हामी छौं ।’ अस्पतालमा हाल रहेको ६० वटा अकस्मिक बेड सेवाको हिसाबले पनि १२ सय मेडिसिन बेड सङ्ख्या हुनुपर्ने उनी बताउँछन् । यसका साथै अस्पतालका अन्य सेवाहरुको सुधार तथा बिकास लागि समितिले योजनाबद्ध काम गर्दै जाने श्रेष्ठले बताए । 

    अस्पतालले गत वर्ष सार्वजनिक गरेको तथ्याङ्क अनुसार एक वर्षको अवधिमा ७२ हजार २४४ जना सेवाग्राहीले आकस्मिक कक्षमा सेवा लिएका छन् । यस तथ्याङ्कलाई आधार मान्दा दैनिक करिब २ सय बिरामी आकस्मिक कक्षमा स्वास्थ्य उपचारका लागि आउने गर्दछन् ।

    अस्पतालका मेसु डा. ढकालले लुम्बिनी प्रदेशमा मातृ–शिशु मृत्युदर उच्च रहेको भन्दै यसलाई कम गर्नेगरी पनि अस्पताले अघि बढ्ने बताए । अस्पतालमा प्रसुती सेवालाई थप बिस्तार गर्दै लैजाने आगामी योजना बताउँदै उनले असुरक्षित प्रजनलाई कम गरी मातृ–शिशु मृत्यु दर कम गर्ने लक्ष्य रहेको उल्लेख गरे ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।