रूपन्देही । रुपन्देहीको कोटहीमाईबाट प्रहरीले एक युवालाई पक्राउ गरेको छ ।
१७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा २३ वर्षीय युवालाई बिहीबार प्रहरीले पक्राउ गरेको हो ।
ती युवाले बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय मझगाँवाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको जनाइएको छ ।
घटनाबारे आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology