नवलपरासी । बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा नवलपरासी पश्चिमका एक युवा पक्राउ परेका छन ।
१७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा रामग्राम नगरपालिकाका ३५ वर्षीय युवालाई बिहीबार प्रहरीले पक्राउ गरेको हो ।
बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय नवलपरासी पश्चिमबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको जनाइएको छ ।
घटनाबारे थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology