Logo

२०८३, कार्तिक २९गते


images
images

४० किलो गाँजा र एक लाख २५ हजार नगदसहित ५ जना पक्राउ

४० किलो गाँजा र एक लाख २५ हजार नगदसहित ५ जना पक्राउ

images
  • ४० किलो गाँजा र एक लाख २५ हजार नगदसहित ५ जना पक्राउ
    images

    काठमाडौँ ।  काठमाडौं महानगरपालिका ३२ पाल्पाकोट चोक कोटेश्वरबाट लागु औषध गाँजासहित पाँच जना पक्राउ परेका छन् । 

    images
    images
    images

    कोटेश्वरस्थित एक घरको भुइँ तल्लामा डेरा गरी बस्ने धादिङ, गजुरी-४ का ३८ बर्षिय सुमन चेपाङको डेरा कोठाबाट लुकाई छिपाइ राखेको अवस्थामा ४० किलो लागु औषध गाँजा र एक लाख २५ हजारसहित पाँच जनालाई पक्राउ गरिएको 

    images
    images
    images

    जिल्ला प्रहरी परिसर काठमाडौँले जानकारी दिएको छ । ५ जनालाई नियन्त्रणमा काठमाडौं जिल्ला अदालतबाट सात दिनको म्याद थपर अनुसन्धान भैरहेको परिसरले जानकारी दिएको छ । 

    images
    images

    पक्राउ परेका प्रतिवादीहरुमा धादिङ,  गजुरी गाउँपालिका-४ का निराजन चेपाङ, प्रकाश चेपाङ, शंकर चेपाङ, काठमाडौं महानगरपालिका-३ महाराजगञ्ज जिवन प्रजा र काठमाडौं महानगरपालिका- ३२ कोटेश्वर बस्ने सुमन चेपाङ रहेका छन् ।

    साथै उनीहरुबाट दुई थान मोटरसाइकल, र ३ थान मोबाइल समेत बरामद गरेको प्रहरीले जनाएको छ ।

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।