Logo

२०८३, कार्तिक २९गते


images
images

मौसम

मनसुन सक्रिय, डुबान र पहिरोको जोखिम कायमै

मनसुन सक्रिय, डुबान र पहिरोको जोखिम कायमै

images
  • मनसुन सक्रिय, डुबान र पहिरोको जोखिम कायमै
    images

    काठमाडौँ । देशभर हाल मनसुनी वायुको प्रभाव सक्रिय रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा पूर्वी नेपालमा सरदर स्थान आसपास र पश्चिमी नेपालमा सामान्य स्थानभन्दा अलिकति उत्तरतर्फ रहेको छ ।

    images
    images
    images

    यस कारण देशभर आंशिकदेखि सामान्य बदलीको अवस्था छ । कोशी, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशका एक–दुई स्थानमा हालै मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

    images
    images
    images

    दिउँसो बागमती, गण्डकी र लुम्बिनी प्रदेशसहितका पहाडी भू–भागमा केही स्थानमा र बाँकी क्षेत्रमा थोरै स्थानमा मेघगर्जनसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका एक–दुई स्थानमा भने भारी वर्षाको सम्भावना पनि देखिएको छ ।

    images
    images

    त्यस्तै देशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का देखि मध्यम वर्षा र हिमपातको सम्भावना रहेको छ ।

    अर्काेतर्फ, आगामी २४ घण्टा विशेष सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ । सम्भावित वर्षाका कारण भू–क्षय, बाढी, पहिरो तथा गेग्रान बहावको जोखिम रहन सक्ने भएकाले शहरी तथा तराई क्षेत्रहरूमा डुबानको जोखिम रहेको चेतावनी दिइएको छ ।

    ठूला–साना नदी, नाला र खोलाहरूमा पानीको सतह बढ्न सक्ने तथा त्यसका कारण दैनिक जन–जीवन, कृषि, स्वास्थ्य, पर्यटन, नदी किनारका निर्माण कार्य, सडक तथा हवाई यातायातसमेत प्रभावित हुन सक्ने भएकाले सबैलाई सतर्क रहन अनुरोध गरिएको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।