Logo

२०८३, आश्विन १०गते


images
images

नेपाल राष्ट्र बैंक

मौद्रिक नीति आज आउदै

मौद्रिक नीति आज आउदै

images
  • मौद्रिक नीति आज आउदै
    images
    images

    काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज आगामी आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गर्ने भएको छ । 

    images
    images
    images

    राष्ट्र बैंकले आजै दिउसो मौद्रिक नीति सार्बजनिक गर्ने तयारी गरेको छ । राष्ट्र बैंक सञ्चालक समितिमा बैठक अहिले बसिरहेको र आजै मौद्रिक नीति सार्वजनिक गर्ने राष्ट्र बैंक स्रोतले बताएको छ ।

    images
    images
    images

    यस अघि गभर्नर डा. विश्व पौडेलले विहिबार साँझ उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेलसँग मौद्रिक नीति बारे छलफल गरेका थिए । 

    images
    images
    images

    अघिल्ला वर्षहरूमा प्रायः साउन पहिलो सातादेखि मौद्रिक नीति आउने गरेकोमा यस वर्ष नयाँ गभर्नर पौडेलले आफ्नो पहिलो मौद्रिक नीति असारभित्रै ल्याउन लागेका हुन् ।  बजेट साउन १ देखि कार्यान्वयनमा आउने भएकाले मौद्रिक नीतिलाई पनि सोही मितिदेखि कार्यान्वयनमा ल्याउन खोजिएको यस पहललाई सकारात्मक रुपमा हेरिएको छ ।

    नयाँ मौद्रिक नीतिमा गभर्नर पौडेलले केहि उदार नीति ल्याउने संकेत गरेका छन् । वित्तीय प्रणालीमा पर्याप्त तरलता र चार वर्ष यताकै न्यून ब्याजदर हुदा पनि अपेक्षित रूपमा कर्जा प्रवाह हुन नसकेको अवस्थामा  गभर्नर पौडेलले बैंक तथा वित्तीय संस्था र ऋणी दुवै पक्षलाई सहज हुने मौद्रिक नीति ल्याउन लागेको बुझिएको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।